अपाङ्गता भएकाहरुको अन्नपूर्ण आधार शिविरको पदयात्रा

Gandaki Ghumau

बेनी, अपाङ्गता भएका व्यक्तिहरुले समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण आधार शिविर सम्म पदयात्रा गरेका छन् ।
संसारको दशौ अग्लो र पहिलो पटक आरोहण भएको आठ हजार मिटर भन्दा अग्लो आठ हजार ९१ मिटर उचाईको अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।
अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा छ प्रकारका अपाङ्गता भएका नौ जनाको सहभागितामा कात्तिक ५ गते नारच्याङको हुमखोला देखि सुरु भएको पदयात्रा आइतबार समापन भएको सञ्जालका सचिव विशाल विकले जानकारी दिनुभयो ।
पदयात्रामा शारीरिक अपाङ्ग भएका चोमु शेर्पा खुसी, इश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, अल्बिनो अपाङ्गता विशाल विक, दृष्टिसम्बन्धी दृष्टिविहीनता अपाङ्गता भीम गुरुङ, सुनुवाइसम्बन्धी बहिरा वासु थकाली र सहयोगीको रूपमा बन्दना राई सहभागी हुनुभएको थियो ।
“अपाङ्गतामैत्री नीति र भौतिक संरचना निर्माण तथा पर्यटन क्षेत्रमा समावेशीता आवश्यक रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको पदयात्रा सफल भएको छ,” सञ्जालका सचिव विकले भन्नुभयो ‘‘आधार शिविरको यात्रा निकै रोमाञ्चक भयो । साथीहरु सहजै तरिकाले आधार शिविर पुग्नुभयो । कतिपय स्थानको पदमार्ग र बस्ने होटलहरु अपाङ्गमैत्री नभएको पाइयो । अपाङ्गता भएका व्यक्तिहरु पनि आधार शिविर पुग्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएका छौँ ।’’

Gunasthariya Shiksya

मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटर दूरीको पदयात्रा गरेर आधार शिविर पुगेका उनिहरु सकुसल फर्किएका छन् । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रर्वद्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको संख्यामा पर्यटक आएका छन् ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...