म्याग्दी बालगृहमा सामुहिक भाइटिका

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी ः म्याग्दीको बेनीमा रहेको बालगृहका अनाथ बालबालिकाले बिहिबार सामूहिक भाइटिका लगाएका छन् ।
नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकालाई बेनीकी कल्पना मगरले सामुहिक रुपमा टीका र माला लगाएर भाइटिका लगाइदिनुभएको थियो । भाइटिका लगाउने खर्चको ब्यवस्थापन धवलागिरी गाउँपालिका–७ धारापानी घर भई हाल हङकङमा बस्ने ममता थापाले गर्नुभएको थियो ।
बालगृहका बालबालिकालाई तिहार निरस नबनोस् भनेर पछिल्लो तीन वर्षयता सामूहिक भाइटिका कार्यक्रमका गर्दै आएको नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।
म्याग्दी बालगृहमा हाल छ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...