कास्की र म्याग्दीको सिधा यातायात सम्बन्ध स्थापित

Gandaki Ghumau

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका–९ को उल्लेरी सडक सञ्जालमा जोडिएसँगै गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाको सिधा यातायात सम्बन्ध स्थापित भएको छ ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, घोडेपानी, कास्कीको उल्लेरी, बिरेठाटी हुदै कास्कीको अन्नपूूर्ण गाउँपालिकामा पर्ने नयाँपुल जोड्ने यो सडक गण्डकी प्रदेशको राजधानी पोखरा देखि पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने बैकल्पिक पनि हो ।

मध्य पहाडी लोकमार्गको नयाँपुल देखि कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडकको मंगलबार घोडेपानीमा म्याग्दी र कास्कीको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्षद्धय भारतकुमार पुन र बिष्णुबहादुुर केसीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

Shreekrishna

नयाँपुुल, कुुश्मा, बेनी हुदै पोखरेबगर जोड्ने सडक भन्दा यो सडक करिब ४० किलोमिटर छोटो दुुरिको हुुने र पर्यटकीय हिसाबले महत्वपूूर्ण रहेको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो ।

स्थानीयबासीका साथै कास्कीको नयाँपुल देखि म्याग्दीको बेनी हुदै पोखरेबगर खण्डको मुुख्य राजमार्गमा अवरोध हुँदा र घोडेपानीको भ्रमण गर्न इच्छुक यात्रुहरुले यो सडक प्रयोग गर्न सक्ने उहाँले बताउनुभयो ।

पोखरेबगर देखि तल्लो घोडेपानी र कास्कीको नयाँपुुलदेखि उल्लेरी हुुदै बनठाँटी भालओरालसम्म यअघिनै सडक निर्माण भएर यातायात सञ्चालन हुुदै आएको थियो । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाको ५, ६, कास्कीको अन्नपूूर्णको ७, ८ र ९ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

स्थानीयबासीले चन्दा संकलन गरेर घोडेपानी–नागेठाँटी–बनठाँटी खण्डमा करिब दुई किलोमिटर ट्याक निर्माण गरेपछि दुई वटा जिल्ला सडक सञ्जालमा जोडिनुुका साथै राष्ट्रिय राजमार्गको बैकल्पिक सडक तयार भएको हो । गत बर्खामा मार्ग जोडिएको सडकको हालै मर्मत गरेर यातायात सञ्चालन योग्य बनाइएको हो । गत आर्थिक वर्षमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले रु. २० लाख बजेट बिनियोजन गरेर भालेओडार देखि नागीठाटी खण्डमा मार्ग खोलेको थियो ।

सडक निर्माणमा शिख, घार र घोडेपानीका बासिन्दाबाट रु. १६ लाख ६० हजार पाँच सय ३५ संकलन भएकोमा रु. १६ लाख पाँच हजार पाँच सय ७६ खर्च भएको घोडेपानी–उल्लेरी सडक निर्माण पहल समितिका कोषाध्यक्ष चन्द्र पुनले बताउनुुभयो ।

“गाउँपालिका र प्रदेश सरकारबाट बिनियोजन भएको बजेट संरक्षण क्षेत्रको कानुनी जटिलटाका कारण कार्यान्वयन हुन नसकेपछि समुदाय स्तरबाट सहयोग जुटाएर दुई जिल्लालाई सडकले जोडेका हौ,” उहाँले भन्नुभयो “कास्कीको भूगोलमा म्याग्दीका बासिन्दाले सरकारी बजेट हुँदा हुदै किन चन्दा उठाउने भन्ने प्रश्नको मात्र नभएर नियमनकारी निकायमा परेको उजुरीको सामना गरेर सडक बनाएका हौ ।”

Gunasthariya Shiksya

कास्कीको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष केसीले बर्खामा खसेको पहिरो पन्छाएर यातायात सञ्चालनको ब्यवस्था मिलाएको बताउनुभयो । कास्कीको नयाँ पुुल हुुदै बिरेठाँटी खण्डको सडक कालोपत्र भएको छ । बिरेठाँटी–उल्लेरी खण्ड स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा दुई वटा शिर्षकमा रु. चार करोड ५० लाख बिनियोजन भएको र भुरुङ्दी खोलामा मोटरेबल पुल बनाउन ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।

नयाँ पुुल हुुदै उल्लेरी सम्मको कच्चि सडकमा बस र नागीठाँटीसम्म जिप तथा बोलेरो सञ्चालन हुुने गरेका थिए । सडक उद्घाटन पछि जनप्रतिनिधी र यातायात व्यवसायीहरुबीच घोडेपानी देखि नयाँपुल सम्म यातायात सञ्चालन र भाडादरको विषयमा छलफल भएको थियो ।
यसअघि घोडेपानी देखि नयाँपुल पुग्न छ घण्टा लाग्ने गरेकोमा गाडी चल्न थालेपछि यात्राअवधी दुई घण्टा ३० मिनेटमा छोटिएको घोडेपानी टोल सुुधार समितिका अध्यक्ष चन्द्र बुद्धुुजाले बताउनुभयो । आर्थिक सहयोग जुटाउन अगुवाई गर्नुभएका अन्नपूर्ण गाउँपालिका–५ किन्दुका पदमबहादुर पुनले वि.स. २०७२ देखिको प्रयास सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।


कास्कीको अन्नपूूर्ण गाउँपालिका–९ का वडा अध्यक्ष रमेश गुरुङले यो सडकले मुुस्ताङ, मुुक्तिनाथ जाने आउने पर्यटकलाई सहज बनाउनुका साथै स्थानीयको सामाजिक र आर्थिक अवस्था सुधारमा पनि सहयोगी बन्ने अपेक्षा गर्नुभयो ।

म्याग्दीको पोखरेबगर–चित्रे खण्ड दुई वर्षअघि संघीय सरकारले स्तरोन्नति गरेको थियो । चित्रे–घोडेपानी खण्डमा प्रदेश सरकार मार्फत स्तरोन्नति भइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुनले निर्माण भएको सडकको नियमित रेखदेख, मर्मत सम्भार र सुरक्षित यातायातको ब्यवस्था मिलाउन अनुरोध गर्नुभयो ।

पोखरेबगर–चित्रे खण्डको बाँकी सडक मर्मतका लागि संघीय सरकारले बिनियोजन गरेको रु. तीन करोड बजेटको ठेक्का आव्हानको तयारी भएको र गाउँपालिकाले बिनियोजन गरेको रु. ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का आवहानको तयारी भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुुर खड्काले बताउनुभयो ।

घोडेपानीका बासिन्दा शंकर पुनले पोखरा र घोडेपानीको सिधा यातायात सम्बन्ध स्थापित भएपछि कुश्मा, बेनी, पोखरेबगर हुदै घुमाउरो यात्रा गर्नुपर्ने समस्या हटेको बताउनुभयो । कार्यक्रममा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका, निर्माण समितिका अध्यक्ष रनबहादुर पुन, आर्थिक सहयोग जुटाउन अगुवाई गर्ने चन्द्र पुन र पदम पुनलाई सम्मान गरेको थियो ।

कार्यक्रममा दुई वटै गाउँपालिकाका उपाध्यक्षद्धय दिवा तिलिजा र चन्द्रकला अधिकारी, अन्नपूर्ण गाउँपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डे, कास्कीको अन्नपूर्ण गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, उल्लेरी, घोडेपानी र चित्रेका बासिन्दाहरुको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...