सिंगा तातोपानीमा स्नान गर्नेको भिड

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानीका होटल तथा होमस्टेहरु केही दिनयता भरिभराउ भएका छन् ।

तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका हुन् । तातोपानीका होटल ब्यवसायी जिवन केसीले दसैयता होटल र घरबासका कोठाहरु खाली नभएका बताउनुभयो ।

“साना ठूला २० भन्दा धेरै होटलका कोठाहरु एक हप्तायता भरिभराउ भएको छ,” उहाँले भन्नुभयो “होमस्टेमा पाहुनाहरुले आफै पकाएर खाने र बस्नका लागि घरका कोठाहरु पनि पाउन मुस्किल भएको छ ।”

Shreekrishna

व्यवसायीका अनुसार तातोपानीमा हाल बास बस्ने पाहुनाहरुको संख्या दैनिक एक हजार पाँच सय जनाको हाराहारीमा छ । असोज–कात्तिक, मंसिर, पुष, माघ, फागुन, चैत र बैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जेठ देखि भदौ महिनासम्म तातोपानी सुनसान थियो । चिसो बढेको, विद्यालय र क्याम्पसहरुमा लामो बिदा भएको तथा बाली भित्र्याउने चटारो भैनसकेको हुँदा तातोपानी स्नान गरेर उपचारका लागि आउनेको चाप बढेको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव अम्मरबहादुर खत्री (कुमार)ले स्नान गर्न आउनेहरुको चाप बढेकाले बिहान साढे पाँच बजेदेखि साँझ पाँच बजेसम्म महिला, पुरुषको छ वटा समूह बनाएर स्नानको ब्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“सात सय जना महिला र चार देखि पाँच सय जना पुरुषहरु तातोपानी स्नानका लागि आएका छन,” उहाँले भन्नुभयो “महिला र पुरुषको छुट्टा छुट्टै समूह बनाएर दुई÷दुई घण्टाका दरले स्नान गर्ने व्यवस्था मिलाइएको छ ।”

म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा बिरेनुनको गन्ध आउने ५० डिग्री सेल्सीयस तापक्रममा निस्कने तातोपानीलाई संकलन गरेको पोखरीमा स्नानको व्यवस्था मिलाइएको छ । बिरेनुनको गन्ध आउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

बागलुङका सुमन निउरेले चोट लागेपछि खुट्टाको दुखाई कम गराउन तातोपानीमा स्नानका लागि आएको बताउनभुयो । तातोपानी संकलन गरिएको तलाउमा १० दिन स्नान गर्न प्रतिव्यक्ति रु. तीन सय ५० शूल्क तिर्नुपर्छ । प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ ।

गत वर्ष नेपालका ६६ वटा जिल्लाका साथै कोरीया, पोल्याड, युक्रेन, स्कटल्याड, रसीया, जापान र भारतका २० हजार तीन सय ४७ जना बिरामीहरु तातोपानी कुण्डमा स्नानका लागि आएका थिए । समितिका कर्मचारी रेशम कार्कीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा १९ हजार चार सय तीन र २०७९÷०८० मा १८ हजार जनाले स्नान गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...