सिंगाको दूध पोखरा पठाइदै

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा दूध संकलन केन्द्र सञ्चालन भएको छ ।
बास्कुना कृषि सहकारी संस्थाले स्थानीय किसानले उत्पादन गरेको दूध संकलन गरेर बजारीकरणको व्यवस्था मिलाएको हो । संकलन केन्द्र सञ्चालन र बजार सुनिश्चितता भएपछि दूध बिक्रीका लागि बजार खोज्दै भौतारिनुपर्ने, हिउँदमा बिक्री नहुने र मिल्क होलिडेको समस्या समाधान भएको बास्कुनाका किसान तिलक गुरुङले बताउनुभयो ।

“बेनीका डेरीले भैसीको दूध मात्र बिक्री गर्दा गाईपालन गरेका कृषक दूधले बजार नपाउँदा समस्यामा परेका थियौ । जातीय विभेदका कारण दलितले उत्पादन गरेको दूधले बजार पाएको थिएन्,” उहाँले भन्नुभयो “पातलो हुने भएकाले बेनीमा गाईको दूधको खपत कम छ । संकलन केन्द्र मार्फत गाईभैसी र सबै समुदायका किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चितता भएको छ ।”

सोमबारदेखि शुरु भएको संकलन केन्द्रमा हाल २० जना कृषकले दैनिक पाँच सय लिटर दूध ल्याएका छन् । पोखरामा रहेको सुजल डेरी उद्योगले सिंगामा उत्पादन भएको दूध खपत गर्ने सम्झौता गरेको छ । दूधको गुणस्तर अनुसार मूल्य दिने र दैनिक दश हजार लिटर सम्म दूध खरिद गर्ने उद्योगले सहमति गरेको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान) ले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“पहिलो चरणमा उद्योगको ट्याङ्कर दुई दिनमा एक पटक सिंगा आएर दूध दुवानी गरेर पोखरा लैजान्छ,” उहाँले भन्नुभयो “उत्पादन बढाएर दैनिक रुपमा पोखरा दूध पठाउने योजना छ ।” सहकारीले किसानहरुले उत्पादन गरेको दूध संकलन र सुरक्षित भण्डारण गर्ने व्यवस्था मिलाएको छ । दूधको गुणस्तर अनुसार मूल्य पाउनेछन् ।

सिंगाको शुभकामना कृषि सहकारी संस्थाले बेनीमा ल्याउने बाहेक थप दूध उत्पादन गरेर पोखरा पठाउन गाईपालन गर्न थालेका छन् । शुभकामना सहकारी मार्फत वार्षिक रु. एक करोड मूल्य बराबरको दूध बिक्री हुने गरेको छ ।

हाल बेनीमा भैसीको दूध खपत हुने गरेको छ । बेनीमा खपत नहुने दूधलाई पनि पोखरामा खपत गराउन सकिने भएको छ । दूधको बजार सुनिश्चित भएपछि सिंगामा दूध उत्पादन मार्फत आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउन सहयोग पुगेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...