डेनमार्कमा भएको भलिबल प्रतियोगितामा मोनाको टिम बिजयी

Gandaki Ghumau

डेन्मार्क, डेन्मार्कको Ishøj मा सम्पन्न Ishøj Heroes Denmark पुरुष भलिबल प्रतियोगिता निकै भव्य र प्रतिस्पर्धात्मक रह्यो।

१० टिमहरूको सहभागितामध्ये अन्तिम चरणमा Mona र Nepal Volleyball Association बीच रोमाञ्चक फाइनल खेल सम्पन्न भयो। उत्कृष्ट खेलकौशल र टीम स्पिरिटका साथ Mona ले फाइनल जित्दै विजेता कप आफ्नो नाममा दर्ता गर्‍यो।

Gunasthariya Shiksya

प्रतियोगितामा Mona का स्पाइकर बिशाल भण्डारी ले असाधारण प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाडी (Best Player) को उपाधि प्राप्त गरे। विजयपछि Mona DK का अध्यक्ष राजन थापा ले सम्पूर्ण खेलाडी र समर्थकहरूलाई हार्दिक बधाई तथा शुभकामना दिँदै भने — “खेलकुदले मात्र जित होइन, समुदायमा एकता, मित्रता र सकारात्मक सोच फैलाउने शक्ति राख्छ।”

Shreekrishna

यस सफल आयोजनाका लागि Ishøj Heroes Denmark लाई हार्दिक धन्यवाद, साथै प्रतियोगितामा सहभागी सबै टिमहरूलाई विशेष आभार र सम्मान प्रकट गरिएको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...