बेनी–जोमसोम र कागबेनी–लोमान्थाङ सडकमा रातीमा तिन दिन बन्द

Gandaki Ghumau

बेनी ः स्थानीय प्रशासनले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड र मुस्ताङको कागबेनी–लोमान्थाङ सडकमा तीन दिनका लागि रातको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी र मुस्ताङमा शुक्रबार छुट्टा छुट्टै बसेको सुरक्षा निकायको बैठकले असोज १८ गतेदेखि २० गतेसम्म साँझ ५ देखि बिहान ६ बजेसम्म सवारी साधन बन्द गर्ने निर्णय गरेको हो ।

आज रातीदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाले रातको समयमा यातायातका साधन सञ्चालन गर्न दुर्घटनाको जोखिम तथा पहिरोका कारण सडक अवरुद्ध भएर यात्रुहरु अलपत्र पर्ने हुँदा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“म्याग्दी हुदै मुस्ताङ जाने सवारी साधन साँझ ५ बजेभित्र मुस्ताङको घाँसा पुग्नुपर्नेछ,” उहाँले भन्नुभयो “जोमसोमबाट बेनी आउने सवारी साधनहरुले साँझ ५ बजे बेनी आइपुग्नुपर्नेछ ।” असोज २१ गतेदेखि यातायातका साधन नियमित सञ्चालन हुने प्रजिअ तिवारीले बताउनुभयो ।

बाढीपहिरोसँगै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकाले अन्नपूर्ण आधार शिविर, घोडेपानी, खोप्रा, मोहरेडाडा, ढोरपाटन लगायतका पर्यटकीय स्थलको भ्रमणमा नजान पनि प्रशासनले सार्वजनिक सूचना मार्फत अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशलगायत देशका विभिन्न भू–भागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुषालले पनि कागबेनी–लोमान्थाङ सडकमा रातीमा यातायात सञ्चालन बन्द गरिएको र पर्यटकीय स्थलको भ्रमणमा नआउन पर्यटकहरुलाई सार्वजनिक सूचना मार्फत अपिल गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...