चित्रे र पोखरेबगरमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र चित्रेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गरेर केन्द्र स्थापना गरेको हो । पोखरेबगर गाउँपालिकाको केन्द्र हो भने चित्रे अन्नपूर्ण चक्रीय पदमार्गमा पर्छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पोखरेबगरमा स्वास्थ्य केन्द्रको साथै आयुर्वेद सेवा केन्द्र पनि सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँका अनुसार चित्रेमा स्वास्थ्य सहायक र पोखरेबगरमा अनमीलाई खटाएर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ ।

Shreekrishna

चित्रेमा सामुदायिक भवनमा केन्द्र सञ्चालन भएको छ । पोखरेबगरमा गाउँपालिकाले कार्यालय सञ्चालन प्रयोजनका लागि भाडामा लिएको भवनको एउटा सटरमा स्वास्थ्य र आयुर्वेद सेवा केन्द्र सञ्चालन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ को वडा स्तरको स्वास्थ्य चौकी घार गाउँमा छ । आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, छ वटा सामुदायिक स्वास्थ्य इकाई र दानामा आर्युवेद स्वास्थ्य केन्द्र छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...