रत्नेचौर, रातोमाटो र दसै

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

रत्नेचौर ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको सालघारीमा रहेको रातोमाटो स्थानीयबासीको लागि आम्दानीको स्रोत बनेको छ ।

दसै तिहार अघि ग्रामिण क्षेत्रका ढुङ्गेघरलाई लिपपोत गरेर रङ्गाउन रत्नेचौरको रातोमाटो प्रयोग हुन्छ । सालघारीको पाखोमा रातोमाटोको खानी छ । म्याग्दी, पर्वत र बागलुङका ग्रामिण क्षेत्रमा घर रङ्गाउनका लागि आवश्यक रातो माटो सालघारीको खानीबाट लैजाने गर्छन् ।

यसपाली हालसम्म २१ ट्याक्टर रातोमाटो बिक्री भइसकेको रत्नेचौरका स्थानीयबासी समेत रहेका व्यवसायी एकिन्द्र महतले बताउनुभयो । “खानी भएको जग्गाका धनीले प्रतिबोरा रु. एक सयका दरले माटो बेच्छन्,” उहाँले भन्नुभयो “ट्याक्टरमा राखेर गाउ गाउँमा पु¥याएर न्युनतम प्रतिबोरा रु. पाँच सयका दरले बिक्री हुन्छ ।”

Shreekrishna

एक दशक अघिसम्म दसै तिहारको सिजनमा रातोमाटो लिनका लागि सालघारीमा आउने सर्वसाधारणको भिड लाग्ने गर्दथ्यो । हाल ब्यापारीले गाडी र ट्याक्टरमा ढुवानी गरेर रातोमाटो घरघरमा पु¥याउने गरेका छन् । वार्षिक ३० ट्याक्टर भन्दा बढी रातोमाटो बिक्री हुने ब्यवसायी महतले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

खानीबाट बोरामा भरेको माटो ट्याक्टरमा राखेर गाउँगाउँमा लगेर बेच्ने गरेको मङ्गला गाउँपालिका–२ बाबियाचौरबाट माटो किन्नका लागि सालघारी पुगेका सागर सुनारले बताउनुभयो । सफा र चम्कीलो हुने भएकाले रत्नेचौरको रातोमाटोको माग उच्च रहेको उहाँले बताउनुभयो ।

स्थानीयबासीले माटो बिक्रीका साथै माटो खन्ने काम गरेर पनि आम्दानी तथा रोजगारी पाएका छन् । बेनी, बागलुङ, कुश्मा नगरपालिका, जलजला, काठेखोला, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा रत्नेचौरको रातोमाटो खपत हुन्छ ।

सालघारीकी जुना किसानले यसपाली मल्लाजका ब्यापारीलाई रु. २० हजारमा बारीको रातोमाटो ठेक्कामा बेचेको बताउनुभयो । माटो निकालेपछि सम्मिने पाखोमा बारी बनाएर खेतीबाली लगाउने गरेको उहाँले बताउनुभयो ।

घडेरी सम्माउनका लागि निस्कीएको माटो प्रति ट्याक्टर रु. आठ हजारमा बिक्री गरेको स्थानीय भगवति विश्वकर्माले बताउनुभयो । सालघारीबाट वार्षिक रु. तीन लाखको हाराहारीमा रातोमाटो बिक्री हुने गरेको स्थानीयबासीको भनाई छ ।

पक्की घर बनाउने, रंग र गेरु लगाउने चलन बढेपछि ग्रामिण क्षेत्रका ढुङ्गे घरहरुमा रातोमाटो र कमेरो लगाएर रंगाउने चलन छ । दसै अघि घरको सरसफाई गर्ने, रातोमाटो र कमेरोले लिपपोत गर्ने चलन अझै छ । रातोमाटोले लिपपोत गरेकार ढुङ्गेघर चिटिक्क र आकर्षक देखिन्छन् ।

रातोमाटो पाइने भएकाले यो ठाउँको नाम रत्नेचौर नामाकरण भएको बताइएको छ । रातोमाटो निकाल्दा खाल्डोमा पुरिने, पहिरो खस्ने जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ । विपद् र दुर्घटनाको जोखिम न्युनीकरण गरि रातोमाटोलाई प्रसोधन र प्याकेजिङ गरेर बजारीकरण गर्न सकिने सम्भावना छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...