महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ ।
पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । विज्ञान तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका महावीर पुनलाई प्रधानमन्त्री शुशिला कार्कीले आइतबार मन्त्रीमा नियुक्त गर्नुभएको छ । लामो समयदेखि ग्रामीण भेगमा इन्टरनेट प्रविधि पु¥याउनेदेखि युवाहरुलाई अनुसन्धान र आविष्कारतर्फ प्रेरित गर्दै आएका पुनको मन्त्री पदमा प्रवेशलाई मुलुककै विज्ञान र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ ।
सन् १९५५् सालमा म्याग्दीको दुर्गम गाउँ नागीमा जन्मिएका पुनले प्रारम्भिक शिक्षा गाउँमै हासिल गर्नुभएको थियो । उच्च शिक्षाका लागि अमेरिका पुगेका उहाँले शिक्षण र प्रविधि क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभयो । नेपाल फर्किएपछि उहाँले ग्रामीण भेगमा विद्युतीय सञ्चार सुविधा पु¥याउन र इन्टरनेट प्रवाह गर्न विशेष योगदान गर्नुभयो । पहाडी बस्तीमा ‘वायरलेस इन्टरनेट’ प्रविधि स्थापना गरेर उहाँले नेपाललाई प्रविधिको नयाँ दिशातर्फ डो¥याएउनुभएको थियो । यसकै योगदानस्वरूप उहाँले २००७ मा प्रतिष्ठित ‘रामोन म्यागसायसाय पुरस्कार’ समेत प्राप्त गर्नुभएको थियो ।
महावीर पुनको योगदान शिक्षा क्षेत्रमा पनि कम छैन । ग्रामीण भेगका विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेदेखि अनुसन्धानमा लगानी बढाउनुपर्ने आवाज निरन्तर उठाउँदै आएका पुनले पछिल्लो दशकमा ‘नेसनल इन्नोभेशन सेन्टर’ स्थापना गर्नुभएको छ । यस संस्थामार्फत उनले हजारौँ युवालाई आफ्ना विचारलाई परियोजनामा बदल्न प्रेरणा दिँदै आउनुभएको छ ।
कोरोना महामारीका बेला पुनले आविष्कारकर्ता तथा वैज्ञानिकहरुलाई एकै ठाउँमा ल्याएर स्वास्थ्य उपकरण निर्माणमा पनि ठुलो योगदान गर्नुभएको थियो । उहाँको नेतृत्वमा बनेका भेन्टिलेटर, परीक्षण किट, अक्सिजन प्रवाह प्रणाली लगायतका उपकरणले मुलुकलाई संकटको घडीमा राहत दिएको थियो ।
विज्ञान तथा प्रविधिमा युवालाई आकर्षित गर्ने, अनुसन्धानलाई संस्थागत बनाउने र शिक्षालाई व्यावहारिकतासँग जोड्ने महत्त्वपूर्ण योजनाका कारण उहाँलाई मन्त्री पदमा नियुक्त गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उहाँको नियुक्तिसँगै देशमा विज्ञान, शिक्षा र प्रविधि क्षेत्रमा नयाँ सम्भावना जागेको विज्ञहरुको भनाइ छ । अनुसन्धानमैत्री नीति निर्माण, आविष्कारलाई प्रोत्साहन गर्ने वातावरण र प्रविधिलाई ग्रामीण स्तरसम्म पु¥याउने अभियान अब राज्यकै नेतृत्वमा अघि बढ्ने अपेक्षा गरिएको छ । अरुको सल्लाह कमै सुन्ने र जिद्दी स्वभाव महाविरका लागि मन्त्रीको जिम्मेवारीमा चुनौति बन्न सक्छ । सरल जिवनशैली र अनौपचारिक प्रस्तुति महाविरको विशेषता हो ।
प्रधानमन्त्री सुशीला कार्कीले महाविर लगायत थप पाँच जना मन्त्रीको नाम टुंगो लगाउनुभएको हो । नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता कौशल मिश्र सिफारिस हुनुभएको छ । उहाँ स्वास्थ्य अतिरिक्त सचिव हुन् । उहाँले उक्त पदबाट राजीनामा समेत दिनुभएको छ ।
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा पत्रकार जगदीश खरेललाई नियुक्तिका लागि सिफारिस गरिएको छ । उनी इमेज मिडिया ग्रुपका समाचार प्रमुख हुनुहुन्छ । त्यस्तै, कृषिमन्त्रीमा मदन परियारको नाम सिफारिस गरिएको छ । उहाँ समता फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ । उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा सिफारिस हुनुभएको छ । सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ ।
जेनजी पुस्ताको आन्दोलनका कारण भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलो चरणमा यसअघि तीन जना मन्त्रि नियुक्त गर्नुभएको थियो ।
यसअघि उर्जा, सिचाई तथा जलस्रोत, सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृह तथा कानुन, न्याय मन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त हुनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...