बिप्लप नेकपाले आव्हान गरेको बन्दको असर

Gandaki Pardesh notice

बेनी, । थुनामा रहेका आफ्ना नेताको शंकास्पद मृत्युको बारेमा छानबिनको माग गर्दै सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपाले शुक्रबार धौलागिरी क्षेत्र बन्द गराएको छ ।

मंसिर २९ गते मृत्यु भएका विप्लप नेकपाको म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन (जगत) को मृत्युको घटना छानबिनको माग गर्दै आव्हान गरेको बन्दका कारण म्याग्दी, बागलुङ र पर्वतमा प्रभाव परेको हो ।

म्याग्दीको बेनी देखि लामो तथा छोटो दुरिमा चल्ने सवारी साधन, शैक्षिक संस्था र बजार बन्द भएको छ । बिप्लपका कार्यकर्ताले बेनीका ब्यवसायीहरुलाई फोन गरेर बन्द गराउन भनेका थिए ।

Shreekrishna hardwear in news

अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला कारागार पर्बतमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापको कारण मंसिर २४ गते बेहोस भएका म्याग्दीको मालिका गाउँपालिका–३ अदिभाराका ५८ वर्षीय पुनको २९ गते पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको थियो ।

Bhautik ministry notice about road

बिप्लप नेकपाका धौलागिरी ब्यूरो प्रमुख राजनर्ले बिज्ञप्ति जारी गरेर समयमै उचित उपचार नगरिएको र बेवास्ता गरिएकाले आफ्ना नेताको मृत्यु भएकाले छानबिन गरेर दोषी पहिचान र कारबाहीको माग गर्नुभएको छ ।

पुनका आफन्तहरुले पनि प्रशासन र सुरक्षा निकायले नियमित र समयमै औषधी उपचारमा ध्यान नदिएको तथा लापरबाहीका कारण मृत्यु भएको बताउँदै शब बुझेका छैनन् ।

उपचारमा बेवास्ता गरिएको भन्दै छानबिनको माग गर्दै मानब अधिकार आयोगमा समेत निवेदन दिनुभएको छ । पटक पटक धरौटी मागेर छाड्ने र पुन पक्राउ गरेर हैरान बनाएको, मानसिक यातना दिएको र उपचारमा लापरबाही गरेको छोरा हिमालले गुनासो गर्नुभएको छ ।

माओवादी जनयुद्धमा भूमिगत हुनुभएका पुन बिप्लप नेतृत्वको नेकपाको तत्कालीन जिल्ला जनसरकार प्रमुख हुनुहुन्थ्यो । उहाँलाई २०७६ फागुन ९ गते पहिलो पटक घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएका पुनलाई कात्तिक तेस्रो हप्ता पर्वत लगिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...