राम्चेबासीले श्रमदानबाट सडक मर्मत गरे

Gandaki Ghumau

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् ।

नागी–राम्चे सडकको थावन गाउँ नजिकै छहरेखण्डमा गत असार महिनाको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयबासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् । राम्चेका बासिन्दा फसबहादुर गर्बुजाले बिहिबार दिउँसो करिब ७५ जनाले श्रमदान गरेर सडक मर्मत गरिएको जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“करिब दुई महिनादेखि नागी–राम्चे सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवत जावतका साथै आलु लगायत कृषि उपज बजार पठाउन समस्या भएको थियो,” उहाँले भन्नुभयो “सरकारी निकायको आश गर्दा ढिलाई हुने भएकाले राम्चेका सबै घरबाट एक÷एक जनाले श्रमदान गरेर सडक खुलाएका हौ ।” बिहिबार दिनभर श्रमदान गरेका थिए ।

Shreekrishna

पहिरोसँगै भासिएको करिब सात मिटर दुरीको सडकमा जगदेखिनै पर्खाल निर्माण गरेर जिप, ट्याक्टर र मोटरसाइकल वारपार गर्न मिल्ने बनाएको गर्बुजाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–७ महभिर देखि हिस्तान–काफलडाडा हुदै राम्चे जोड्ने सडक घुमाउरो र जोखिमयुक्त भएकाले राम्चेबासीले जिल्ला सदरमुकाम बेनी आउजाउ गर्न नागी–लेकफाँट–मल्लाज–बेनी सडक प्रयोग गर्छन् ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर –८ को कार्यालय राम्चेमा छ । राम्चे आलुको पकेट क्षेत्र हो । सडक अवरुद्ध हुँदा नागीका बासिन्दाई राम्चेमा रहेको वडा कार्यालय र स्वास्थ्य चौकीको सेवा लिन आवत जावत गर्न समस्या भएको थियो । सडक अवरुद्ध भएपछि समस्यामा परेका नागीमा रहेको हिमाञ्चल माविमा पढ्ने राम्चे, काफलडाडाका विद्यार्थीलाई पनि सहज भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...