लेतेखोलाको बाढीले रेष्टुरेष्ट पुरियो, दुई घर, सामुदायिक भवन र मन्दिरमा बाढी पस्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेष्टुरेष्ट पुरिएको छ । दुई वटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ ।

प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल बाढीले पूर्ण रुपमा पुरिएको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले जानकारी दिनुभयो । मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ ।

Shreekrishna

तातोपानी कृषि सहकारी संस्था र भगवति मन्दिरभित्र बाढी पसेको छ । बाढीले मङ्गाला, मालिका र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध बनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

घरका मानिसहरुले बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका छन् । जनप्रतिनिधी, सुरक्षाकर्मी र स्थानीयबासीहरु डोजर परिचालन गरेर बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुई वटा डोजर परिचालन गरेका छन् ।

स्थानीयबासीले सामुदायिक भवन र मन्दिर भित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् । एक सय ३० थान ग्यावीयन जाली लगाउन थालिएको छ । तटबन्धका लागि बुधबार साँझ त्यहाँ लगेर राखिएको ग्यावीयन जाली पनि बाढीले पुरेको छ । बिहिबारदेखि जाली लगाउने तयारी थियो ।

कमेरेखोलाको पहिरोका कारण लेतेखोलामा आएको बाढीले सडकको कल्भर्ट थुनिएपछि बाहिरबाट बग्दा दायाँबायाँ रहेका भौतिक संरचनामा क्षति भएको हो । कल्भर्टको विकल्पमा पुल अथवा कजवे बनाउन स्थानीयबासीले माग गरेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...