गुर्जा र लमसुङमा रहेको ढोरपाटन शिकार आरक्षको रेञ्जपोष्टमा आगजनी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र लमसुङमा रहेको ढोरपाटन शिकार आरक्षको रेञ्जपोष्टमा स्थानीयबासीले बुधबार तोडफोड र आगजनी गरेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

ढोरपाटन शिकार आरक्षमा समेटिएका गुर्जा र लमसुङका बासिन्दाहरु त्यहाँ रेञ्जपोष्ट राख्न नहुने पक्षमा रहदै आएका थिए । जेनजी आन्दोलनकारीको नाममा आरक्षको भवनमा आगोलागी भएको हो ।
गुर्जाको चार कोठे एक तले कच्चि र लमसुङको एक तले पक्की भवन आगोलागीबाट नष्ट भएको छ । स्थानीयबासीहरुलाई घाँस, दाउरा, काठ, जडिवुटी, च्याउ, टुसा संकलन गर्न आरक्षको झञ्जटीलो प्रक्रियाका कारण दुःख भएको स्थानीयबासीको भनाई छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...