म्याग्दी कारागारका कैदीबन्दी भागे, बेनीमा निषेधाज्ञा जारी गर्ने प्रशासनको तयारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारभित्र रहेका कैदीबन्दीहरु बुधबार बिहान भागेका छन् ।

८८ जना कैदीबन्दी रहेको कारागारबाट ७२ जना भागेका हुन् । बिरामी र हिड्न नसक्ने १२ जना कारागारभित्रै थिए । चार जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बिहान सात बजेतिर हुलदंगा गर्दै मोटरसाइकल र स्कुटर चढेर कारागारमा पुगेका समूहले कैदीबन्दीहरुलाई सवारी साधनमा राखेर भगाएका प्रत्यक्षदर्शीले बताएका छन् ।

Shreekrishna

प्रमुख जिल्ला अधिकारी बद्री तिवारीले कारागारबाट कैदीबन्दी भागेपछि उत्पन्न असहज सुरक्षा अवस्थालाई मध्यनजर गरेर बेनीमा निषेधाक्षा जारी गर्ने तयारी भएको बताउनुभएको छ ।

कारागारमा नेपाली सेना परिचालन भएका छन् । प्रजिअ तिवारीले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...