एमालेबाट निर्वाचित दोवाका वडा अध्यक्ष गर्बुजाले प्रधानमन्त्री ओलीको राजिनामा मागे

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेकपा एमालेबाट निर्वाचित म्याग्दीका एक जना वडा अध्यक्षले आफ्नै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नुभएको छ ।

सरकारले बन्द गरेका सामाजिक सञ्जाल खुलाउन र भ्रष्ट्राचारको विरुद्धमा काठमाडौ लगायत देशभर सोमबार युवाहरुले स्वतन्त्र रुपमा गरेको आन्दोलनमा राज्यले गरेको दमनप्रति असन्तुष्टि जनाउदै अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडा अध्यक्ष गर्बुजाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुभएको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

“केपी औपतालिको सरकारले जनताको छोराछोरी मार्ने काम गरेको छ । ए ठगबन्धनको छिटो राजनितीबाट राजिनामा दे,” उहाँले स्टाटस लेख्नुभएको छ “बाजेको पाला देखि त चोर प्रधानमन्त्री अध्यक्ष त कुकुरलाई मात्र पद चाहिने ।”

आफूलाई पार्टीले गर्ने कारबाही भोग्न तयार भएको भन्दै उहाँले यसरी गोली हान्ने आदेश कसले दियो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । म्याग्दीमा एमालेको पकड क्षेत्र मानिएको दोवामा गर्बुजा दोस्रो कार्यकालका लागि २०७९ मा निर्वाचित हुनुभएको थियो ।

गर्बुजाले पालिकामा कर्मचारी र केही जनप्रतिनिधीहरुको अपारदर्शी गतिबिधी, ढिलासुस्ति, झञ्जटीलो कार्यशैलीप्रति खरो प्रतिवाद र आलोचना गर्दै आउनुभएको छ । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गर्दा काठमाडौमा १७ र इटहरीमा दुई जनाको मृत्यु भएको छ । देशभर करिब तीन सय जना घाइते भएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...