म्याग्दी क्याम्पसका विद्यार्थीलाई उद्यम गर्न बिनाधितो, निरब्याजी ऋण

Gandaki Ghumau

बेनी, बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले विद्यार्थीलाई उद्यम गर्न बिना धितो निब्र्याजी ऋण उपलब्ध गराउन सुरु गरेको छ ।

क्याम्पसको स्नातक तहमा अध्ययनरत बेनी नगरपालिका–९ तोरीपानीकी श्रेया श्रेष्ठको ‘हिमालयन ट्वाक्क टिम्मुर’ परियोजनाले पहिलो पटक रु. सात लाख २० हजार ऋण पाएको हो ।

बेनीमा शनिबार भएको २४ औ क्याम्पस सभामा श्रेष्ठलाई पहिलो किस्तावापत रु. चार लाख ३२ हजार उपलब्ध गराएको र क्याम्पसले तोकेको काम गरेपछि बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराइने क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna

“शिक्षालाई रोजगार र उद्यमसँग जोड्नका लागि विद्यार्थीलाई परियोजनामा आधारित बिना धितो र बिनाब्याज चार वर्षभित्र किस्ताबन्दीमा फिर्ता गर्ने गरी ऋण उपलब्ध गराएका हौ,” उहाँले भन्नुभयो “विश्व विद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता कार्यक्रम अन्र्तगत विभिन्न प्रक्रीया पुरा गरेर छनौट भएको परियोजनालाई ऋण उपलब्ध गराएका हौ ।”

Gunasthariya Shiksya

श्रेया र श्रीकृष्ण अधिकारीले म्याग्दीको उच्च पहाडी भूगोलमा पाइने मसलेदार फल टिम्मुर खेती, प्रसोधन र बजारीकरणका लागि प्रस्ताव गरेको परियोजना आयोगले छनौट गरेको थियो । १८ वटा क्याम्पसले परियोजना प्रस्ताव गरेका थिए ।

म्याग्दी बहुमुखी क्याम्पसका उद्यमशिलता परियोजना संयोजक प्राध्यापक रामजीप्रसाद सुवेदीले क्याम्पसका विद्यार्थीहरुले १३ वटा परियोजना पेश गरेकोमा बेनी नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधीको टोलीले अन्र्तवार्ता माध्यमबाट छनौट गरेका पाँच वटा प्रस्तावलाई आयोगमा सिफारिस गरिएकोमा श्रेया र श्रीकृष्णको परियोजना छनौट भएको बताउनुभयो ।

“दुइ जनाको संयुक्त परियोजना छनौट भएपनि पहिलो चरणमा टिम्मुर खेती गरिरहेकी श्रेयालाई ऋण दिने र उनले फिर्ता गरेपछि श्रीकृष्णलाई उपलब्ध गराउने आन्तरिक सहमति भएको छ,” उहाँले भन्नुभयो “अनुदान आयोगले उपलब्ध गराएको अनुदानलाई विउपुँजी मानेर अन्य विद्यार्थीहरुको परियोजनामा पनि लगानी गर्ने योजना छ ।”

ऋणको एक प्रतिशत क्याम्पसको उद्यमशिलता प्रर्वद्धन कोषमा राख्ने र त्यसलाई विद्यार्थीको उद्यमशिलता विकासमा परिचालन गरिने सुवेदीले बताउनुभयो । आयोगले गत वर्ष उपलब्ध गराएको रु. १५ लाख बजेटबाट क्याम्पसले विद्यार्थी र उद्यमीहरुलाई दुई महिना तालिम दिएको थियो । साथै पर्वत, बागलुङ र म्याग्दीका उद्योगको भ्रमण गराई सहभागीलाई ब्यवसायिक योजना मागेको थियो । तालिममा सहभागी ४२ जना मध्य १३ जनाले मात्र परियोजना प्रस्ताव गरेका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...