म्याग्दी क्याम्पसको २४ औ साधारणसभा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसको २४ औ साधारणसभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिका सदस्य सचिव एंव क्याम्पस प्रमुख श्रीधर सुवेदीले पेश गरेको वार्षिक प्रगति र कोषाध्यक्ष शेरबहादुर केसीले पेश गरेको आर्थिक प्रतिवेदन अनुमान गरेको छ । सभाले आगामी सभामा क्याम्पस सभाषद् तथा सञ्चालक समितिमा कम्तिमा तीन जना महिला अनिवार्य समावेश हुने गरी क्याम्पसको मुल विधान संसोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
३४ औ वार्षिकोत्सवको अवसरमा गत पुष २३ गते भएको २३ औ क्याम्पस सभाबाट दिपेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा चयन भएको सञ्चालक समितिले समावेशी बनाउन विधान संसोधन गरेको हो ।

समुदायको प्रयासमा वि.स. २०४८ मा स्थापना भएको क्याम्पसमा कक्षा ११ देखि स्नाकोत्तर तहसम्मको पठनपाठन हुन्छ । स्नाकोत्तर तहमा एमबिबिएस र एमएड तथा स्नातक तहमा विज्ञान र सूचना प्रविधि, शिक्षा विषयमा पनि अध्यापन गराउदै आएको छ । शिक्षा, व्यवस्थापन र मानविकी संकायका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

साधारणसभामा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले क्याम्पसले आर्थिक स्रोत जुटाउन स्थानीय तहसँग समन्वय गरेर विभिन्न अनुसन्धानमुलक कार्यक्रम ल्याउन र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न सुझाव दिनुभयो । विद्यार्थी अभावको समस्या हटाउन क्याम्पसहरु प्राविधिक शिक्षामा जोडिनुपर्ने उहाँको भनाई थियो । क्याम्पस समाजमा पुग्नुपर्ने सुझाव दिनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले म्याग्दी जिल्लाका जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्व शिर्षकमा खर्च गर्ने रकमलाई म्याग्दी क्याम्पसमा केन्द्रित गर्न प्रस्ताव गर्नुभयो । स्थानीय तह र राजनीतिक दलहरुले क्याम्पसप्रति अपनत्व लिनुपर्ने उहाँले बताउनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष दिपक कार्कीको स्वागत र क्याम्पस प्रमुख श्रीधर सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार जिवनप्रसाद आचार्य, पुर्व स्ववीयु सभापति खुमबहादुर बानिया लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगको उद्यमशिलता विकास कार्यक्रममा छनौट भएको हिमालयन ट्वाक्क टिम्मुर परियोजनाका प्रस्तावक बेनी नगरपालिका ९ का श्रेया श्रेष्ठलाई बिना ब्याजको ऋणको पहिलो किस्ता अनुदान वापत रु. चार लाख ३२ हजार उपलब्ध गराइएको थियो ।

क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक र लेखापरिक्षण प्रतिवेदन समेटिएको फुलबारीको बिमोचन गरिएको थियो । गुणस्तर प्रत्यायण सुनिश्चितता प्रमाणपत्र प्राप्त म्याग्दी क्याम्पसमा पछिल्लो समय उतिर्णदर बढेपनि विद्यार्थी संख्या घट्दै गएकोप्रति कार्यक्रमका सहभागीले चिन्ता व्यक्त गरेका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...