पहिरोले भवन बगाएपछि विद्यालय स्थानान्तरण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

ओखरबोट, ः पहिरोले कक्षाकोठा भवन, शौचालय, खेलमैदान लगायत सबै संरचना बगाएपछि म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालय स्थानान्तरण भएको छ ।

ओखरबोटको फेदीमा रहेको पाखोबाट सुरु भएको पहिरोले पुरानो भवन लगायत भौतिक संरचना तहसनहस बनाएपछि किमबोटमा अस्थायी भवन बनाएर पठनपाठन सञ्चालन गरिएको हो ।

आर्थिक वर्ष २०८१÷०८२ मा मालिका गाउँपालिकाको रु. २० लाख अनुदानमा १३ कोठे कच्चि भवन बनाएर स्थानान्तरण गरिएको मालिका गाउँपालिका–४ का वडा अध्यक्ष भिजेन्द्रमान पुनले बताउनुभयो ।

Shreekrishna

“विद्यालयको थप पूर्वाधारका लागि यस वर्ष रु. दश लाख बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “पहिरो रोकथामका लागि संघीय र प्रदेश सरकारसँग पहल गरेका छौ ।” चार÷चार कोठे दुई वटा पक्की भवन जमिन चर्कीएपछि ढल्ने अवस्थामा छन् ।

ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्चि भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको छ । भिरालो पाखोमा रहेको विद्यालय भवन देखि माथि रहेको सडकको भल, भूमीगत पानी, कमजोर भूगोल र तल रहेको दाजुङखोलाको कटानका कारण पहिरो सक्रीय भएको स्थानीयको भनाई छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
default

पहिरोले रु. तीन करोड भन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विश्वकर्माले बताउनुभयो । “किमबोटको अस्थायी भवन परिसरमा घेराबार, ढल ब्यवस्थापन र संरक्षणका लागि स्रोतको खोजीमा छौ,” उहाँले भन्नुभयो “पुरानो भवनको ढुङ्गा र फर्निचर प्रयोग गरेर अस्थायी भवन बनाएका हौ ।”

प्रअ नविन कार्कीका अनुसार वि.स. २००८ मा स्थापना भएको कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल दुई सय जना विद्यार्थी छन् । कच्चि भवनमा एउटा कोठामा पढाएको अर्को कोठामा सुनिन्छ । कोठा विभाजन, पलास्टर र रंगरोगन तथा घेराबार गर्न बाँकी छ ।

ओखरबोट गाउँभित्र भवन बनाउन वि.स. २०८० मंसिरमा अमिक शेरचनका १० दाजुभाईले नौ रोपनी, तीन आना, तीन दाम, दुई पैसा क्षेत्रफल जग्गा उपलब्ध गराउनुभएको थियो । पुर्व उपप्रधानमन्त्री रहेका शेरचनका दाजुभाईले सरकारीको मापदण्ड अनुसार रु. ४४ लाख ७७ हजार मूल्य पर्ने जग्गा निशूल्क उपलब्ध गराएपनि नाम राख्ने विषयमा बिवाद देखिएको छ ।

वडा सदस्य भिमसरा पुनले जग्गादाताले विद्यालयको नाम परिवर्तन गर्न प्रस्ताव गरेको र गाउँपालिका तहमा सहमति नजुटेकाले उक्त जग्गामा भवन निर्माणको प्रक्रीया अघि बढ्न नसकेको बताउनुभयो ।

पहिरोले क्षति गरेको विद्यालयको बुधबार निरीक्षण गर्नुभएका म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले तत्कालीन रुपमा अस्थायी कक्षाकोठा ब्यवस्थापन गर्न सरकारसँग समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो । जग्गादाता र गाउँपालिका तथा समुदायले विद्यालयको नाम सम्बन्धी विषयलाई टुङ्गो लगाउन आग्रह गर्दै थप पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारका निकायमा पहल गर्ने उहाँको भनाई छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...