पहिरोको चपेटामा ओखरबोट

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

ओखरबोट, म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ ।

ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पु¥याएको छ भने थप २५ घर जोखिममा परेका हुन् । स्थानीयबासी चन्द्रबहादुर पटेलले साँझ खाना खाएर आफन्तकहाँ गएर सुत्ने गरेको बताउनुभयो ।

“पाखोबाट खसेको पहिरोले तीन वटा घरको छानो भत्काएको छ,” उहाँले भन्नुभयो “थप पहिरो खस्ने जोखिम भएकाले सुरक्षित ठाउँमा भएको आफन्तकहाँ गएर बस्न थालेका छौ ।” पहिरोले चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरा पटेलको घरको छानो भत्काएको छ ।

Shreekrishna
default

वस्ती देखि करिब एक सय मिटर रहेको पाखोबाट पहिरो खस्न थालेको छ । चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरा सहित, शुशिला पटेल, शान्ति पटेल, दिपक पटेल र भोजमाया बिकका परिवार विस्थापित भएका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

वडा सदस्य भिमसरा पुनका अनुसार घर भत्किएका र उच्च जोखिममा रहेका सात परिवारलाई अस्थायी बसोबासको ब्यवस्था मिलाइएको छ । जोखिममा रहेका २० भन्दा बढी घरपरिवार त्रासमा छन् ।

मालिका गाउँपालिकाको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले गत शुक्रबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन सहितको टोलीले पहिरोको स्थलगत निरीक्षण गरि क्षति भएका घरपरिवारलाई खाद्यान्न र अस्थायी बसोबासको व्यवस्था मिलाएको बताउनुभयो ।

पहिरो नियन्त्रणका लागि ग्यावीयन पर्खाल निर्माणको तयारी गरेको र प्रदेश सरकारसँग पनि समन्वय गरेको कार्यपालिका सदस्य खड्काथोकीले बताउनुभयो । बुधबार पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएका गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले सतर्कता अपनाउन अनुरोध गर्दै पहिरोको समस्यालाई दिर्घकालिन समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

गाउँ नजिकै रहेको ओखरबोट माविको सबै भवनहरु पहिरोले भत्काएपछि किमबोटमा अस्थायी संरचना बनाएर स्थानान्तरण गरिएको छ । चार÷चार कोठे दुई वटा पक्की, ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्चि भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष पबहादुर बिकले बताउनुभयो । उहाँका अनुसार पहिरोले विद्यालयमा रु. तीन करोड भन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...