माउन्ट एभरेष्टमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

गण्डकी प्रदेश स्तरीय चित्रकला प्रतियोगितामा माउन्ट एभरेष्टकी साम्राज्ञी पुरस्कृत

बेनी, । म्याग्दीमा होटल म्यानेजमेन्ट पढाइ हुने एक मात्र विद्यालय माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु गरेको छ ।

विद्यार्थीहरुलाई प्रविधिसँग जोड्ने र विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले विद्यालयले एण्ड्रोइड १४.० भर्सनको आइओएस अपरेटिङ सिस्टम, फोर के रिजुलेसन सहितको इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरी अध्यापन थालेको विद्यालयका प्राचार्य राजु केसीले जानकारी दिनुभयो । शिक्षक र विद्यार्थीहरुलाई स्मार्ट बोर्डको प्रयोग गर्ने तरिका र यसको फाइदा सिकाउँदै प्राचार्य केसीले उद्घाटन गर्नुभएको थियो ।

Shreekrishna

“अब परम्परागत तरिकाले शिक्षण सिकाइ प्रभावकारी नहुने र प्रविधिसँगै अनुकुलन नभइ नहुने अवस्थामा पु¥याएको छ” प्राचार्य केसीले भन्नुभयो “अहिले हामी भन्दा हाम्रा नानीबाबुहरु प्रविधिमा धेरै अगाडि छन् । समयको यो परिवर्तनलाई नस्विकारी अब सुखै छैन । हामी आँफै क्रियटिभ बन्नुपर्ने समय आएको छ ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

स्माट बोर्ड जडानपछि प्राचार्य केसीले भन्नुभयो “हाम्रो विद्यालय होटल म्यानेन्जमेन्ट विषयमा कक्षा ११ र १२ संञ्चालन गर्ने जिल्लाको एक्लो विद्यालय हो, हामीलाई प्रविधिमैत्री बन्न दबाब थियो । हाललाई एउटा स्मार्ट बोर्डबाट सुरु गरेका छौँ । केही समयपछि स्मार्ट बोर्ड थपेर कक्षा ५ देखि माथिका सबै कक्षामा स्मार्ट बोर्ड पु¥याउने लक्ष्य लिएका छौं ।”

पहिलो चरणमा रु एकलाख ६० हजार खर्चेर इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरिएको प्राचार्य केसीले बताउनुभयो । विद्यालयमा उच्चगतिको इन्टरनेट र सुरक्षाकालागि सीसी क्यामेराको समेत व्यवस्था रहेको छ ।

यसैगरी पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय चित्रकला एवम् रङभर प्रतियोगितामा म्याग्दी जिल्लाबाट छनोट भएकी माउन्ट एभरेष्ट आवासीय माविको कक्षा २ मा अध्ययनरत साम्राज्ञी शाही वेष्ट कलरिङ र ड्रोवोइङ अवार्डबाट सम्मानित हुनुभएको छ । उहाँलाई हालै पोखरामा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्कार सरुभक्त (इन्द्रबहादुर राई) ले पुरस्कार सहित सम्मान गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...