पानाबगरको पहिरोले बेनी–दरवाङ सडक अवरुद्ध

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक सोमबार दिउँसोदेखि अवरुद्ध भएको छ ।

मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा सिधा यातायात अवरुद्ध भएको हो । पहिरोले विद्युतको पोल समेत ढलाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पूर्वाधार विकास कार्यालयले पहिरो पन्छाउन डोजर परिचालन गरेको र सडक खुल्ल मंगलबार बिहान सम्म लाग्ने बताइएको छ । गत बर्ष पहिरो खसेको ठाउँ नजिकै नयाँ पहिरो खसेको हो । गत वर्षको पहिरो नपन्छाउँदा सवारी साधन आवत जावतमा समस्या भएको छ । सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवत जावतमा समस्या भएको छ ।

Shreekrishna

म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत आयोजनाको काम पनि प्रभावित बनेको छ । फापरखेत, पानाबगर, बाङ्गेपहिरो क्षेत्रमा बर्खायाममा हुने सडक अवरुद्धका कारण म्याग्दीको पश्चिमी क्षेत्रको जनजिवन प्रभावित भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...