
बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना क्रोएसिया)को अध्यक्षमा सपना जुग्जाली चयन हुनुभएको छ ।
दोस्रो अधिवेशनले सन २०२५–२०२७ को कार्यकालका लागि जुग्जालीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सनबहादुर रोका, चबहादुर जुग्जाली र नारायण थापा, महासचिवमा राजेश केसी, सचिवमा हिरा कडेल र ओमबहादुर क्षेत्री चयन हुनुभएको छ ।
कोषाध्यक्षमा ओमप्रकाश पुर्जा, सहकोषाध्यक्षमा विरबहादुर रत्न, सदस्यहरुमा डोलेन्द्र ढुङ्गाना, विनोद सुवेदी, नविन केसी, लक्ष्मण भण्डारी, धु्र्रब खड्का, अन्जु फगामी, निशा मगर, सृजना शर्मा, नरमाया जुग्जाली, समिर परियार, रमेश परियार र दुर्गा किसान रहनुभएको छ ।
