बेनीको हाडेभिरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा ज्यान गयो

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा शनिबार मोटरसाइकलको ठक्करबाट घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।

Gunasthariya Shiksya

खबरा देखि बेनी आउँदै गरेको ध २ प ६९६ नम्बरको मोटरसाइकलको ठक्करबाट बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानीका ५ वर्षीय केविन परियार घाइते भएका थिए । प्रदेश अस्पताल बेनीमा प्राथमिक उपचार पछि पोखरा रिफर गरिएका केविनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा साँझ सवा पाँच बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले पुष्टि गर्नुभयो । केवीनका बुुवा किशोरको परिवार खबरामा अस्थायी बसोबास गर्छन् ।

मोटरसाइकल र चालक बेनी नगरपालिका–२ खबराका २१ वर्षीय विसन सापकोटालाई नियन्त्रणा लिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । दुर्घटनाको बारेमा थप अनुुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...