म्याग्दीमा ‘घरघरमा प्रहरी’ अभियान शुरु

Gandaki Ghumau

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले ‘घरघरमा प्रहरी’ अभियान शुरु भएको छ ।
नागरिक र प्रहरीको सम्बन्धलाई थप विश्वसनीय बनाएर शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाबाट अभियान शुरु भएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, उपाध्यक्ष रेशम पुनमगर, वडा अध्यक्ष लगायत जनप्रतिनिधीहरुको उपस्थितिमा अभियान शुरु गरिएको थियो । अभियान मार्फत म्याग्दीमा रहेका सबै घरमा प्रहरी पुग्ने प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya


“घरघरमा सुरक्षा सम्बन्धी जानकारी र प्रहरीको सम्पर्क नम्बर भएको स्टिकर टाँस गरिनेछ,” उहाँले भन्नुभयो “घटना, दुर्घटना, विपद्को अवस्थामा मात्र नभएर अन्य समयमा पनि नागरिककहाँ प्रहरीको उपस्थिति बढाउन यो अभियानले सहयोग गर्नेछ ।”
यसअघि म्याग्दीमा प्रहरीले समुदायमा प्रहरी अभियान मार्फत टोलटोलमा पुगेर सचेतनामुलक गतिबिधि गर्दै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...