‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम

Gandaki Ghumau

बेनी, । जिल्ला हुलाक कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग हुलाक सेवा’ कार्यक्रम सुरू गरेको छ ।

हुलाक सेवाको महत्वका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो । इमेल, इन्टरनेट र सामाजिक संजालको प्रयोगले नागरिकले हुलाकबाट पत्र पठाउने चलनमा कमी आएपनि हुलाकको महत्व कायम रहेको र उपलब्ध सेवाका बारेमा विद्यालयम पुगेर विद्यार्थीलाई जानकारी गराउने अभियान सुरू गरेको कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–८, कालीपुलमा रहेको माविमा आयोजित कार्यक्रममा हुलाक टिकटको महत्वका बारेमा जानकारी सहित डाँक सेवा, द्रुत डाँक सेवा, ढुवानी प्रणाली, सुचना तथा सञ्चारमाध्यम, सूचनाको हक लगायतका विषयमा कार्यालय प्रमुख थापा, खरिदार मिनबहादुर बरुवाल र सम्झना भण्डारी बानियाँले सहजीकरण गर्नुभएको थियो ।

Shreekrishna

सूचना प्रविधिको पहुँच नभएका ग्रामीण भेगमा सरकारी र ब्यक्तिगत चिठीहरू आदानप्रदानको भरपर्दाे माध्यम हुलाक सेवा रहेको बताउँदै कार्यालय प्रमुख थापाले विद्यार्थीले शैक्षिक गतिविधिमा समेत हुलाकबाट साम्रागी मगाएर पढ्न सक्ने बताउनुभयो ।

Gunasthariya Shiksya

विद्यार्थीसँग हुलाक सेवा’ मा विद्यार्थीलाई पत्र पठाउने तरिका, हुलाक टिकटको इतिहास, महत्व र प्रयोगका साथै जिल्लाभित्र हुलाक कार्यालयको संरचनाबाट हुने कार्यहरूका बारेमा समेत जानकारी गराइएको थियो । विद्यार्थीहरुले कक्षाकोठाबाटै अभिभावकलाई चिठी लेखेका थिए ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमले विकशित देशमा हुलाकलाई अत्यावश्यक सेवाकारुपमा लिने गरेको पाइएको र हरेक नागरिकले हुलाक सेवा प्रयोग नगरी नहुने सरकारी सयन्त्र बनाउने गरेको अवस्थामा नेपालमा यसको महत्व अझै धेरै रहेको बताउनुभयो ।

कार्यक्रमले विद्यार्थीमार्फत समुदायस्तरमा हुलाक सेवाका बारेमा सन्देश प्रवाह गर्ने, विद्यार्थीको हुलाकबाट हुने माग र चाहनाको पहिचान गरी सम्बोधन गर्ने, हुलाक सेवा अत्यावश्यक भएकाले नियमित प्रयोगको सन्देश प्रवाह गरेको बालमन्दिर माविका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले बताउनुभयो ।

विद्यार्थीले हुलाक बिर्सिएको अवस्थामा विद्यालयमै आएर हुलाकको महत्व बुझाउने कार्यक्रम निकै प्रभावकारी देखिएको छ । म्याग्दीमा एक हुलाक कार्यालय, पाँच पालिकास्तरीय र २८ अतिरिक्त हुलाक सेवा छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...