दानामा बजार अनुगमन

Gandaki Ghumau

बेनी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३, दानामा सोमबार बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दानामा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र नौ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामान जफत गर्नुका साथै नष्ट गरिएको जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी अनिषा आचार्यले जानकारी दिनुभयो ।

“पसलको उद्देश्य अनुसार पसल सञ्चालन नगरेको, होटलमा सरसफाइको कमी, मूल्यसुची नटाँसेको, लेबल नराखेका सामानहरु बिक्री गरेको, प्याकेजिङ गरी सामान बेचेको, साईनबोर्ड नराखेको भेटियो,” उहाँले भन्नुभयो “पसल सञ्चालक तथा प्रोप्राइटरलाई अनुगमनको क्रममा भेटिएका सबै कमजोरीहरु सुधार गर्न निर्देशन दिएका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

म्याद सकिएका चिसो पेयपदार्थ, मिठाई, बत्ती बाल्ने तेल, भुजा, कुरकुरे, आटालगायत दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कार्यालय प्रमुख अमृत प्रसाद कँडेलले बताउनुभयो । उहाँका अनुसार रु. आठ हजार सात सय मुल्य बराबरको म्याद सकिएका दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरु जफत गरी नष्ट गरिएको छ ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख अमृतप्रसाद कँडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका कार्यालय प्रमुख प्रेम अर्याल, प्रहरी लगायतको सहभागिता रहेको थियो । प्रशासन कार्यालयले मालिकाको दरबाङ, मंगलाको बाबियाचौर लगायत अन्य बजार छिट्टै अनुगमन गरिने जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...