विद्युत प्राधिकरण म्याग्दीमा पुराना फाइल व्यवस्थापनमा नयाँ अभ्यास

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः धेरै जसो सरकारी कार्यालयहरुमा पुराना फाइल कपडाले पोको पारेर थन्काइएको हुन्छ । त्यसरी राखेको फाइल र कागजात पुरै दिन लगाएर खोजेपनि भेट्टाउन मुस्कील पर्छ ।

तर नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रमा उपभोक्ताको लगत सम्बन्धी फाइल खोज्ने वित्तिकै भेटिने गरेर व्यवस्थापन भएको छ । कपडाको पोकामा राखेका वर्षौपुराना फाइललाई खोज्ने वित्तिकै भेटिने गरेर नयाँ तरिकाले व्यवस्थापन गरेको केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।

“पुराना फाइलहरुलाई नम्बरीङ गरेर उपभोक्ताको नाम, ठेगाना सहित कम्प्युटरको सफ्टवेयरमा प्रविष्ट गरेका छौ,” उहाँले भन्नुभयो “ग्राहकको नाम र नम्बर कम्प्युटरमा खोजेर पहिचान गरेर खोजेपछि सजिलै भेटाउन सकिन्छ ।”

Shreekrishna

उपभोक्ताको लगत व्यवस्थापनका लागि म्याग्दी वितरण केन्द्रले देशमै पहिलो पटक नयाँ अभ्यास गरेको प्रमुख गामीले बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेशका वितरण केन्द्रमा लगत व्यवस्थापनको काम थालेपनि पूर्णता पाएको छैन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कार्यालय भवनको माथिल्लो तलाको सभाहलमा फाइल व्यवस्थापनका लागि ¥याकहरु राखिएको छ । ¥याकमा राखिएको फाइलको बाहिर देखिने गरेर नम्बर लेखिएको छ । एउटा फाइलभित्र पाँच जना उपभोत्ताको लगत भएको फाइल छ ।

नम्बर अनुसारको ¥याक र फाइलभित्र उपभोक्ताको लगत भेट्टाउन सकिने प्राधिकरणका कर्मचारी सरोज आचार्यले बताउनुभयो । “कपडाको पोकामा फाइल खोज्न दुई दिन सम्म लाग्थ्यो,” उहाँले भन्नुभयो “व्यवस्थित गरेपछि फाइल खोज्दा हुने समय बचत र झञ्जट हटेको छ ।” सेवाग्राहीले छिटो सेवा पाएका छन् । म्याग्दी बितरण केन्द्र अन्तरगत २३ हजार आठ सय ६९ विद्युतका उपभोक्ता छन् । हालसम्म २१ हजार ग्राहकको लगत फाइललाई ब्यवस्थित गरिएको र बाँकीको पनि छिट्टै व्यवस्थापन गरिने वितरण केन्द्रका प्रमुख गामीले बताउनुभयो ।

उहाँका अनुसार व्यवस्थित गरिएको लगतलाई स्क्यान गरेर सफ्टवयरमा राख्ने लक्ष्य रहेको छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत वितरण हुदै आएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा आठ सय ७४, २०८०÷०८१ मा एक हजार चार सय ३८, २०७९÷०८० मा एक हजार दुई सय ३८, २०७८÷७९ मा सात सय ७० घरमा विद्युतीकरण भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...