कप्तान शाहीको गृहजिल्लामा स्तम्भ बनाइने

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । नेपालको राष्ट्रिय महिला भलिबल टिमको कम्तान अरुणा शाहीको सम्मानमा उनहाँको गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिने भएको छ ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीले शाहीले नेपालको महिला भलिबल क्षेत्रमा पु¥याएको योगदानको सम्मानमा स्तम्भ बनाउने निर्णय गरेको हो ।

नेपालको महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरसम्म पु–याउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी शाहीको योगदानको कदर गर्दै स्तम्भ बनाउने निर्णय गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

समितिको आन्तरिक स्रोत, सरकारी निकाय र दाताको सहयोग जुुटाएर स्तम्भ निर्माण स्थल छनौट गरेर केही दिनमै सार्वजनिक गर्ने उहाँले बताउनुभयो । शाहीलाई समितिले गत हप्ता बेनीमा नगद रु. १५ हजार सहित सम्मान पनि गरेको थियो ।

रघुगङ्गा गाउँपालिका– ३ पिप्लेमा जन्मनुभएकी शाही विद्यालय, जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको पहिचान बनाउनुभएको छ । सन् २०१३ मा काठमाण्डौमा भएको माल्दिभ्स विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालको राष्ट्रिय टिममा डेब्यु गरे यता अरुणा कप्तान भएपछि नेपालले महिला भलिबलमा लगातार अन्तर्राष्ट्रिय सफलताहरु हात पारिरहेको छ ।

म्याग्दीको पिप्लेबाट सुरु भएको उहाँको भलिबल यात्रा गण्डकी हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय सफलता सम्म पुगेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठका अनुसार अरुणाको स्तम्भ निर्माणका लागि समितिले योजना गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...