म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीमा पछिल्लो तीन वर्षयता उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरु वैकल्पिक पेशा रोज्ने र पलायन हुदाँ व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ को तुलनामा २०८१÷०८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलब ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यवसायिक फर्म बन्द भएका कार्यालय प्रमुख अमृत कडेलले बताउनुभयो । आव २०८०÷८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका थिए ।
१४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९÷८० मा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका थिए । आव २०७७÷७८ मा सात सय ६२ र २०७८÷७९ मा पाँच सय ७० र २०७९÷८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।

Shreekrishna

गत आर्थिक वर्ष २०८१÷०८२ मा दर्ता र खारेज भएका उद्योगको संख्या थपघट गर्दा उद्योगतर्फ दुई हजार नौ सय १७ र व्यवसाय तर्फ दुई हजार छ सय ९० वटा कायम भएको छ । गत वर्ष दर्ता भएका उद्योगमा दुई सय १७ जनालाई रोजगारी सिर्जना भएको छ । गत वर्ष पाँच सय ३२ उद्योग र छ सय तीन व्यवसायिक फर्मको नविकरण भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

उद्योग व्यवसाय दर्ता नविकरण वापत गत आर्थिक वर्षमा पर्यटन तथा उद्योग कार्यालयले रु. ३० लाख २५ हजार सात सय ७४ राजस्व संकलन गरेको छ । २०८०÷८१ मा रु. १७ लाख ३८ हजार पाँच सय राजस्व सङ्कलन गरेको कार्यालयले प्रदेश सरकारले नीतिमा परिवर्तन गरेका कारण राजस्व बढेको जनाएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले घट्दो जनसंख्या, बसाईसराई, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्रै दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग ब्यवसाय दर्ता तथा खारेजीमा परेको बताउनुभयो ।

“व्यवसाय र उद्योग खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिडपछिको आर्थिक मन्दि र वैदेशिक रोजगार मुख्य कारण हुन,” उहाँले भन्नुभयो “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज गर्नेहरु पनि छन् ।”

फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटरनै बन्द नभएका तथा पर्यटनमुलक होटल व्यवसाय बढेका अध्यक्ष श्रेष्ठको दावी छ । ग्रामिण क्षेत्रका उद्यमी र व्यवसायीहरुले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने ब्यवस्था भएपछि प्रदेश सरकार अन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने र खारेज गर्न थालेका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...