जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । जिल्ला खेलकुद विकास समिति म्याग्दीको कोषाध्यक्षमा नगेन्द्र मल्ल नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद्को सोमबारको निर्णय अनुसार धवलागिरी गाउँपालिका –३ मुनाका मल्ललाई कोषाध्यक्षमा नियुक्त गरिएको हो । यसअघि समितिका सदस्य रहेका मल्ललाई प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्माले मंगलबार नियुक्तीपत्र प्रदान गर्नुभएको छ ।
यसअघि गत चैत १९ गते कोषाध्यक्ष नियुक्त भएका नरेश पुन अस्टे«लीया गएपछि उक्त पद रिक्त भएको थियो । जिल्ला खेलकुद विकास समिति म्याग्दी अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा बिष्णुकुमारी रोका, सचिवमा कुमार किसान रहनुभएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...