बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातीमा सवारी साधन सञ्चालन गर्न रोक लगाइने

Gandaki Ghumau

बेनी, पहिरोका कारण जोखिमयुक्त बेनेको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले रातीको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाएका छन् ।

जिल्ला सुरक्षा समिति म्याग्दी र मुस्ताङको निर्णय अनुसार यही साउन २७ गते मंगलबार साँझदेखि बेनी देखि घाँसा सम्मको सडकमा साँझ छ देखि बिहान पाँच बजेसम्म सवारी आवत जावत बन्द गरिएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालले अर्को सूचना जारी नहुँदासम्मको लागि सडकमा सवारी आवत जावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बर्षातको समयमा पहिरोको जोखिम भएकाले रातीको समयमा यात्रा नगर्न अनुरोध गरिएको र स्थानीय प्रहरी चौकी मार्फत दुई जिल्लाले समन्वय गरेर निर्णय कार्यान्वयन गरिने बताउनुभयो ।

रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गभिर, ३ गुइठेभिर, सुकेबगर र काभ्रेभिरमा पहिरो खस्ने समस्या छ । कालीगण्डकीको कटान र माथिबाट खस्ने पहिरोले सडकमा गुडिरहेका सवारी साधनमा क्षति पुग्ने, यात्रुहरु घाइतेहुने जोखिम छ ।

७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक स्तरोन्नतिको अन्तिम चरणमा छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले सडक विभागको हेभी इक्युभमेन्ट परिचालन गरेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्दै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...