सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा

Gandaki Ghumau

पोखरा, । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ ।

नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ । पहिलो दिन करिब एक सय ५० जनाले सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा लिएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“हरेक वर्ष भत्ताका लागि वायोमेट्रिक सहित लाभग्राही सूची नविकरण गर्नुपर्ने वाध्यकारी व्यवस्था छ,” उहाँले भन्नुभयो “गाउँपालिकामा नाम भएपनि बजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेर नविकरण गर्ने व्यवस्था मिलाएका हौ ।”

यसअघि साउन १८ र १९ गते काठमाडौमा भएको घुम्ति शिविरमा एक सय जना भन्दा बढी लाभान्वित भएका थिए । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधी र वडा सचिवहरु सहरमा पुगेर सेवा दिएको बताउनुभयो ।

अध्यक्ष र उपाध्यक्ष पुनद्धयका साथै सात वटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरुले शिविरमा सेवा दिनुभएको छ । गत आर्थिक वर्षमा धवलागिरीका दुई हजार नौ सय ३८ जनालाई रु. १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाईसराई गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरीमा ७६ परिवार बसाई गरेर जाँदा १० परिवार आएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...