मालपोत म्याग्दीको सेवाका लागि भू–सेवा केन्द्रको अधिकतम शूल्क निर्धारण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दी जिल्लामा रहेका भू–सेवा केन्द्रहरुले मालपोत कार्यालयबाट प्रवाह हुने सेवाका लागि लिने अधिकतम सेवा शूल्क निर्धारण भएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीको अध्यक्षतामा मंगलबार बसेको भू–सेवा केन्द्र व्यवस्थापन तथा सहजिकरण समितिको बैठकले सेवा शूल्क निर्धारण गरेको हो ।
मालपोत कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठ सदस्य सचिव रहनुभएको समितिको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्य, नापी अधिकृत तुलसी प्रसाद पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, लेखापढी व्यवसायी बिक्रम सुवेदी, निमित्त जिल्ला समन्वय अधिकारी अमृत सुवेदी, मालपोत कार्यालयका नायव सुब्बा रमाकान्त घिमिरे र कानुनी लेखापढी व्यवसायी लालबहादुर भण्डारीको उपस्थिति थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


नामसारी, राजिनामा, सट्टा पट्टा, दर्ता फारी, बकसपत्र लगायत १७ प्रकृतिको सेवाका लागि कागजात तयार पारेवापत लेखापढी व्यवसायीले लिने शूल्क तोकिएको छ । यी सेवाहरुको लागि कामको प्रकृति अनुसार फरक फरक अधिकतम रु. एक हजार देखि तीन हजार पाँच सय सम्मको शूल्क कायम भएको छ ।
यसैगरी निवेदनबाट सम्पादन हुने संसोधनका लागि रु. एक हजार, जलेको श्रेष्ता कायम गर्न रु. दुई हजार पाँच सय र जग्गाको हदबन्दि छानविन निवेदनको रु. छ हजार अधिकतम शुल्क तोकिएको छ । कुनै पनि लिखत कुनै कारणवस लिखत तयार गरी पेश भई सकेको तर व्यक्तिगत कारणले कार्य सम्पादन हुन नसकेको अवस्थामा निर्धारण गरिएको सेवा शूल्कको अधिकतम २५ प्रतिशत सम्म पारिश्रमिक लिन सकिने निर्णय भएको छ । सेवा शूल्क मंगलबारदेखिनै लागु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...