मालिकाका ठूला आयोजना अधुरा

Gandaki Ghumau

बेनी, छ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर –१ को कार्यालय रहेको निस्कोट जोड्ने सडक स्तरोन्नतिका लागि वि.स. २०७८ देखि शुरु भएको योजना अझै सकिएको छैन् ।

वि.स. २०७८ माघ ७ गते जि.के.÷आइ.एस.ए.सी. जे.भी.सँग ठेक्का सम्झौता भएको योजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति ७० प्रतिशत रहेको गाँउपालिकाले जनाएको छ । गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख दिपक सापकोटाले रु. एक करोड २९ लाख भुक्तानी भएको योजनाको छैठौ पटक थपिएको म्याद आगामी पुषमा सकिने बताउनुभयो ।

“रु. तीन करोड ३१ लाख ९९ हजार नौ सय ९९ लागत अनुमान गरिएको सडक निर्माणका लागि ठेक्का प्रतिस्पर्धामा सबैभन्दा कम कवोलेको कम्पनीसँग सम्झौता भएको थियो,” उहाँले भन्नुभयो “अहिले थपिएको समयभित्र पनि काम नसके कालोसूचीमा राखेर कारबाही प्रक्रीया अघि बढाउने तयारी गरेका छौ ।”

Shreekrishna

चार वर्ष पुरानो दरवाङ–निस्कोटमात्र नभएर मालिका गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ठेक्का मार्फत सञ्चालन गरेका अन्य चार मध्य तीन वटा योजना योजना पनि अधुरा छन् । एक वटा योजना कामनै सुरु नभई ठेक्का तोडिएको छ ।

Gunasthariya Shiksya

रु. एक करोड बजेट बिनियोजन भएको निस्कोट–ताराखोला जोड्ने सडक निर्माण गर्न भएको ठेक्का समझौता वन सम्बन्धी मुद्दा परेपछि तोड्नुपरेको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

“गाउँपालिकाको जग्गा खरिदका लागि बिनियोजन गरेको रु. एक करोड बजेट पनि दुःख दिने र अल्झाउने नियतले अख्तियारमा परेको मुद्दाका कारण कार्यान्वयन हुन सकेन,” उहाँले भन्नुभयो “मुद्दा मामिला, उजुरीसँगै छनौट भएका ठेकेदारले पनि साथ नदिदाँ गत वर्ष पुजिँगत शिर्षकमा बिनयोजन भएको रु. १८ करोड बिनियोजन भएकोमा ५२ प्रतिशत मात्र खर्च भएको छ ।”
गत आर्थिक वर्षमा ओमेन अस्कर निर्माण सेवासँग ठेक्का सम्झौता भएको दुखुवेशी सिचाई आयोजना मात्र सम्पन्न भएको छ । रु. ४० लाख लागत अनुमान र कर सहित रु. २८ लाख २९ हजार एक सय ४५ मा ठेक्का सम्झौता भएको उक्त योजनाको ९० दशमलब ३६ प्रतिशत अथवा रु. २५ लाख ५६ हजार छ सय ४९ खर्च भएको छ । योजना मार्फत मालिका–६ मा रहेको दुखुवेशी सिचाई योजनाको मुहानमा बाँध र ४३ मिटर पक्की नहर निर्माण भएको छ ।

चट्टान निर्माण सेवाले २०८१ माघ २९ गते रु. ९८ लाख ३८ हजार दुई सय ९२ मा ठेक्का सम्झौता गरेको मालिका–३ डाडागाउँ स्वास्थ्य चौकी भवन निर्माणको रु. ३२ लाख ९० हजार दुई सय ४० मात्र खर्च भएको छ ।

अघिभारा–ताक्से–रुम मोटरबाटो निर्माणका लागि वि.स. २०८१ पौष २५ गते रु. दुई करोड ४८ लाख ८७ हजार छ सय छ मा वि.के. कन्ट्रक्सनसँग सम्झौता भएको योजनाको जम्मा रु. ८९ लाख १३ हजार नौ सय आठ मात्र भुक्तानी भएको छ ।
संघीय र प्रदेश सरकारको विशेष र समपुरक अनुदानका योजनाहरु तोकिएको समयमा नसकिँदा गाउँपालिकामा बजेटको दायित्व बढेको अध्यक्ष गर्बुजाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...