गलेश्वर शिवालय क्षेत्र विकास कोषले चार महिनापछि पूर्णता पायो

Gandaki Ghumau

बेनी, । गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमितिले चार महिनापछि पूर्णता पाएको छ ।
गत चैत २३ गते भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मीको अध्यक्षतामा सदस्य सचिव बाहेकका पदमा सर्वसम्मत पदाधीकारी र सदस्यहरु चयन हुनुभएको थियो ।

बिहिबारको कोषको बैठकले बेनी नगरपालिका–९ का सम्मरबहादुर थापालाई सदस्य सचिवमा चयन गरेको हो । उक्त पदमा थापाको साथै अघिल्लो कार्यकालका सदस्य सचिव बेनी नगरपालिका–६ का बलबहादुर खत्रीको पनी दावी रहेको थियो ।

Gunasthariya Shiksya

सदस्य सचिवमा चयन भएका थापासँग बेनी सामुदायिक माविको अध्यक्ष र पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कोषाध्यक्ष लगायत पदमा रहेर काम गरेको अनुभव छ ।

Shreekrishna

कोषको उपाध्यक्षमा बमबहादुर पुन, कोषाध्यक्षमा कुमारी रोका, सदस्यहरुमा रमेश प्रसाद सुवेदीर रामजी शर्मा, पुयण्बहादुर चोखाल, टेकबहादुर बानिया, मनु पुन फगामी, देवी प्रसाद छन्त्याल, लक्ष्मीकुमारी केसी (कार्की), पूर्णबहादुर बानिया, धनप्रसाद रोका, रामजी शर्मा, र मनोज पौडेल चयन हुनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...