ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधन कारबाहीमा

Gandaki Ghumau

म्याग्दी, ः जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८१÷८२ मा नियम उल्लंघन गरेका सात हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ ।

सात हजार दुई सय ६५ वटा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने सवारी साधनबाट जरिवाना वापत रु. ५८ लाख ७९ हजार राजस्व संकलन गरेको छ । पाँच सय ८७ ट्रक, चार सय २३ बस, तीन हजार चार सय १७ जिपकार, पाँच सय ३० ट्याक्टर र दुई हजार दुई सय ६६ वटा मोटरसाइकलका धनी तथा चालकलाई कारबाही गरेको कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक विशाल दर्जीले बताउनुभयो ।

गत वर्ष नौ हजार एक सय ५० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही गर्दा जरिवाना वापत रु. ६८ लाख ८८ हजार राजस्व संकलन भएको थियो । २०७९÷०८० मा नौ हजार दुई सय २०७८÷०७९ मा नौ हजार चार सय ५० सवारी साधन कारबाहीमा परेका थिए ।

Shreekrishna
Gunasthariya Shiksya

“दुर्घटना न्युनीकरण र ट्राफिक नियम पालना गराउन सचेतनामुलक कार्यक्रममा जोड दिएका छौ,” उहाँले भन्नुभयो “सचेतनामुलक कार्यक्रम र सवारी चालक तथा धनीहरुमा चेतनाको विकास भएकाले कारबाहीमा पर्नेको संख्या घटेको हुन सक्छ ।”

सवारीसाधनको स्वरुप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र र सवारी धनी प्रमाणपत्र बिना सवारी चलाउने चालक तथा सवारी धनीलाई कारबाही गरिएको हो ।

गत आर्थिक वर्षमा भएका १७ वटा दुर्घटनामा १५ जनाको मृत्यु, १० जना सख्त, चार जना सामान्य भाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापर्बाही, तीव्र गति, सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ ।

डोजर, ब्याकुहोलोडर जस्ता निर्माण उपकरणहरु पनि दुर्घटनामा परेर चालक तथा सहयोगीले ज्यान गुमाएका छन् । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी, सर्वसाधारण र सवारी चालक लक्षित जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । सवारी चालकहरुको स्वास्थ्य परिक्षण र सडकमा चेकजाँचलाई निरन्तरता दिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...