म्याग्दीलाई एन्फामा आवद्ध गराउन पहल

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । जिल्ला खेलकुद विकास समितिले म्याग्दीलाई फुटबलको साझा संस्था अखिल नेपाल फुटबल संघमा आवद्ध गराउने प्रक्रीया अघि बढाएको छ ।

म्याग्दीमा एन्फा भित्र्याउनका लागि यसअघि संघका पदाधीकारीहरुसँग भेटेर छलफल गरेको समितिले बुधबार बेनीमा फुटबल खेलको उद्देश्य राखेका म्याग्दीका क्लवहरुसँग अन्तरक्रिया गरेको छ ।

छलफलमा सहभागी १५ वटा क्लवहरुले एन्फाको मान्यता प्राप्त गर्नका लागि आवश्यक मापदण्ड र प्रक्रीया पुरा गर्न प्रतिवद्धता जनाएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

एन्फामा आवद्ध हुुन क्लवहरुलाई आवश्यक कागजातहरु, विधान संसोधन लगायतका मापदण्ड साउन महिनाभित्र पुरा गर्न समितिले सहजिकरण गर्ने भएको छ । यसअघि समितिका अध्यक्ष श्रेष्ठले एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङ र उपाध्यक्ष दिपक खड्कासँग भेटेर छलफल गर्नुभएको थियो ।

एन्फाको मान्यता पाउँदा फुटबल खेलको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाले बताउनुभयो । म्याग्दीमा एन्फाबाट आवद्ध रेफ्री र प्रशिक्षकहरु छन् । एन्फामा आवद्ध भएपछि जिल्लाका खेलाडीहरुले प्रशिक्षक र अन्य अवसर पाउनेछन् ।

गण्डकी प्रदेशमा कास्की, गोरखा, तनहुँ, लमजुङ, मनाङ, बागलुङ, स्याङ्जा र नवलपुर एन्फामा आवद्ध भएका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...