मध्यकालीगण्डकी जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको बिहिबारदेखि सुरुङ निर्माण थालिएको छ ।

आईएमई समूहको हाइड्रो सपोर्ट प्रा.लि. प्रर्वद्धक रहेको आयोजनाको सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गामा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माण सुरु गरेको हो ।

प्रर्वद्धक कम्पनीका सञ्चालक समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत सुरक्षा अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष प्रमोद श्रेष्ठ र गाउँपालिकाका जनप्रतिनिधीहरुको उपस्थितिमा औपचारिक रुपमा सुरुङ निर्माण आरम्भ गरिएको हो ।

Shreekrishna

रसुवा–मल्टी जेभीका इञ्जिनियर अनुषा सापकोटाले नागढुङ्गमामा चार सय ५९ मिटर अडिट (मुख्य सुरुङ पुग्ने पहुँचमार्ग) निर्माण शुरु भएको जानकारी दिनुभयो । “अडिट निर्माण सकिएपछि बाँध र आउटलेट तर्फ चार हजार तीन सय १९ मिटर लामो मुख्य सुरुङ निर्माण शुरु हुन्छ,” उहाँले भन्नुभयो “बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी गरेका छौ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाई ल्याउने पानी एक सय ५१ मिटर उचाईबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

“रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युतगृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ,” रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले भन्नुभयो “सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिट लगायत उपकरण ल्याएका छौ ।”

मध्य कालीगण्डकीको विद्युत नौनीबगर देखि सात किलोमिटर माथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशन मार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताउनुभयो । म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।

कुल रु. १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्ता मार्फत जुटाइने भएको छ ।

नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु. आठ रुपैयाँ ४० पैसा र वर्षायामको दर रु. चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु. एक अर्ब नौ करोड र वर्खामा दुई सय ७७ गिगावाटबाट रु. एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...