रुममा तीन वटा खानेपानी योजना निर्माण

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ को विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताहरुको श्रमदानमा ती आयोजनाहरु निर्माण भएका हुन् । घाङलेपानीमा एक सय तीन, धुल्वाङमा एक सय ६२ र खवाङमा ७३ वटा निजी धारा निर्माण गरेर घरघरमा खानेपानी सुविधा उपलब्ध गराएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदय कुमार बुढाथोकीले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ठूलोरुमका दुई सय ७३, कलात भनारीमा ७४ र विल्वाङमा ६४ घरधुरीमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको थियो । पछिल्लो दुई आर्थिक वर्षमा मालिकाको वडा नम्बर २ का सात सय ४९ घरपरिवारमा खानेपानी सुविधा विस्तार भएको वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

Shreekrishna

आयोजनाहरुको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो । योजना उद्घाटनका साथै सार्वजनिक लेखा परिक्षण, सफा र स्वच्छ समुदाय पनि घोषणा भएको छ । पानीको मितब्ययी, व्यवस्थित र दिगो प्रयोगका लागि प्रत्येक धारामा मिटर जडान भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसअघि स्थानीयबासीले सार्वजनिक धाराबाट पाइप, गाग्री, ग्यालीन, बोत्तल र ड्रममा पानी ओसारेर प्रयोग गर्दै आएका थिए । घरआगनकै धारामा पानी आउन थालेपछि समयको बचत भएको र झञ्जट हटेको छ ।

कुल रु. ३८ लाख ९१ हजार ३१ लागत अनुमान गरिएको खवाङ्ग शेरेधारा खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाबाट खवाङका ७३ घरपरिवार लाभान्वित भएका छन् । यो योजनामा नेवाको रु. १५ लाख ६० हजार, मालिका गाउँपालिकाको रु. ११ लाख ९९ हजार ९४ लगानी र उपभोक्ताको रु. ११ लाख ३१ हजार एक सय ३७ बराबरको श्रमदान रहने जनाइएको छ ।

कुल रु. ७९ लाख ९७ हजार पाँच सय ५२ लागत अनुमान गरिएको धुल्वाङको खानेपानी सरसफाई तथा स्वच्छता योजनाबाट एक सय ६० वटा घर र दुई वटा विद्यालयमा निजी धारा जडान भएको छ । उक्त योजना निर्माणमा नेवाबाट रु. ३८ लाख ९३ हजार ४४, गाउँपालिकाबाट रु. १७ लाख ९३ हजार दुई सय ८१ सहयोग र उपभोक्ताको रु. २२ लाख ११ हजार दुई सय २७ बराबरको श्रमदान गरेका छन् ।

रु. ५२ लाख ८३ हजार दुई सय ६८ लागत अनुमान गरिएको घाङलेपानी खानेपानी सरसफाई तथा स्वच्छता आयोजना मार्फत एक सय दुई वटा घर, तीन वटा विद्यालय र एक वटा स्वास्थ्य संस्थामा धारा निर्माण भएको छ । यस योजना निर्माणमा नेवाको रु. २६ लाख १७ हजार एक सय ६६, गाउँपालिकाको रु. १२ लाख ९८ हजार सात सय १५ सहयोग र उपभोक्ताको रु. १३ लाख ६७ हजार तीन सय ८७ बराबरको श्रमदान रहेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...