म्याग्दीका सडकमा रातीमा सवारी नचलाउन प्रशासनको अनुरोध

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीका सडकमा बर्खायामभरी रातीमा यातायातका साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

बढी, पहिरोको कारणबाट यात्रु, सवारी साधन तथा जीउधनको हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि सतर्कता अपनाउन र रातीकालिन समयमा सवारी साधन नचलाउन अनुरोध गरेको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सोमबार सार्वजनिक सूचना जारी गर्दै म्याग्दीको प्रमुख बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–बागलुङका साथै अन्य सहायक सडकहरुमा रात्रीकालिन समयमा सार्वजनिक÷निजी यात्रुबाहक सवारी साधनहरु सञ्चालन नगर्न÷नगराउन अनुरोध गर्नुभएको छ ।

Shreekrishna

बर्षातको समयमा पहिरो, ढुङ्गा खस्ने र कटान तथा बाढीले सडक बगाउने भएकाले दुर्घटनाको जोखिम आँकलन गरेर सरोकारवालाको बैठकले रातमा सवारी नचलाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री लगायत जनप्रतिनिधी, प्रजिअ ढकालन लगायत सुरक्षा अधिकारी र यातायात ब्यवसायीहरुको बैठकले रातीमा यातायात बन्द गर्ने निर्णय गरेको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...