हल्लेखर्क र कुरमुनीमा मा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क र कुरमुनी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी सुविधा विस्तार भएको छ ।

गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको बैसरी– हल्लेखर्क– पोखरेबगर खानेपानी योजना मार्फत २४ र गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयले कुरमुनीका १६ घरमा खानेपानी वितरण गरेको हो ।

अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले हल्लेखर्क र कुरमुनीका ४० घर परिवारलाई फरक÷फरक योजना मार्फत मिटर जडित निजी धारा मार्फत घरघरमा खानेपानी वितरण भएको जानकारी दिनुभयो ।

Shreekrishna

“करिब रु. २९ लाखमा ठेक्का लिएको सुन्दर सेवा निर्माण प्रा.ली. पोखराले हल्लेखर्क र बैसरीमा निर्माण गरेको २७ मध्य २४ वटा धारामा खानेपानी सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “पाइपलाइन नपुगेकाले यसपाली पानी वितरण नभएका बैसरीका तीन र पोखरेबगर समेतका ९८ धारामा नयाँ आर्थिक वर्षको बजेटबाट पानी वितरण गर्ने व्यवस्था मिलाउछौ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धाराका साथै दश÷दश हजार लिटर क्षमताको दुई वटा रिजर्भ टंकी, दुई वटा डिसी निर्माण भएको छ । खरीको मुहानबाट यसअघिनै ल्याइएको पानीलाई टंकीमा हालेर व्यवस्ति हिसाबले वितरणको ब्यवस्था मिलाइएको हो ।

घरघरमा खानेपानी आपुर्ति भएपछि पानी ओसार्दा हुने झञ्जट हट्नुका साथै समयको बचत भएको हल्लेखर्कका बासिन्दा देवी खड्काले बताउनुभयो । यसअघि खानेपानी आपुर्ति नियमित नहुने र वितरण व्यवस्थित नहुँदा उपभोक्तालाई सास्ती थियो ।

कुरमुनीमा प्रदेश सरकारको रु. १० लाख बजेटबाट दश हजार लिटर क्षमताको रिजर्भ टंकी निर्माण गरेर १६ घरमा पाइपलाइन विस्तार र मिटर जडान गरेर खानेपानी वितरण भएको छ । त्यहाँ घरघरमा धारा बनाउन गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा रु. दुई लाख बिनियोजन गरेको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

कुल एक करोड १९ लाख लागत अनुमान गरिएको बैसरी–हल्लेखर्क–पोखरेबगर खानेपानी योजनाले पूर्णता पाएमा एक सय २५ घरपरिवार लाभान्वित हुनेछन् । बैसरी र अन्नपूर्ण गाउँपालिकाको केन्द्र समेत रहेको पोखरेबगरमा नयाँ आर्थिक वर्षमा खानेपानी वितरण गर्ने लक्ष्य छ । बैसरीमा यसअघिनै खानेपानी संकलन गर्ने रिजर्भ टंकी निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...