मल्लाजका बिक्रमको उपचारका लागि सहयोगको अपिल

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

मल्लाज । मोटरसाइकल दुर्घटनामा परी गंभिर घाइते भएका पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका विक्रम अधिकारीको उपचारमा सहयोगका अपिल गरिएको छ ।

गत असार २६ गते मल्लाजमा मोटरसाइल दुर्घटनामा परी गण्डकी मेडिकल कलेज (जिएमसी) पोखरामा उपचाररत पति विक्रमको थप उपचारका लागि आर्थिक अभाव भएपछि उहाँकी श्रीमति अनिताले सहयोगको अपिल गर्नु भएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

‘हाम्रो घरको आर्थिक अवस्था कमजोर छ, आमा बुवा अपाङ्गता हुनुहुन्छ, छोराहरु साना छन् । उपचारका लागि हामीसंग भएको, हामीलाई पारिवारीक रुपमा सहयोग प्राप्त भएको सहयोग रकम समेत सकिएका कारण थप उपचार गर्न समस्या भएको छ,’ अनिताले सार्वजनिक गरेको अपिलमा भनिएको छ, ‘दुर्घटनामा परी उपचाररत रही पटक पटक टाउकोमा विभिन्न अप्रेसन गर्नु पर्ने अवस्थाका कारण थप उपचारका लागि रकम अभाव भएकाले सम्पूर्ण शुभचिन्तक, आफन्तजन एवं देश विदेशमा रहनु भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सक्दो आर्थिक सहयोगका लागि हार्दिक अपिल गर्दछु ।’

Shreekrishna

घाइते अधिकारीको उपचारमा सहयोगका लागि जलजला गाउँपालिका कार्यालय, जलजला गाउँपालिका वडा नं. २ को कार्यालय र गण्डकी मेडिकल कलेज, हिम सुसेली युथ क्लव जलजला–३ मल्लाज लगायतले आव्हान गरेका छन् । आनन्द अधिकारी, लाल बहादुर अधिकारी, कमल अधिकारी लगायत अगुवाहरुको सहयोग र सक्रियतामा हालसम्म उपचार भैरहेको र थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगका लागि अनुरोध गरिएको अनिताले बताउनुभयो । आर्थिक सहयोग गर्न चाहनेहरुका लागि रमा थापा अधिकारीको ग्लोवल आइएमइ बैंकको क्यूआरकोड सहितको बैंक खाता दिइएको उहाँले जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...