म्याग्दी क्याम्पस स्ववीयू कपको उपाधी आयोजकलाई

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा सम्पन्न प्रथम स्ववीयू फोर (ए) साइट फुटबल प्रतियोगिताको उपाधी आयोजक टिमले जितेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा आयोजकको सेतो समूह बिजयी भएको हो । म्याग्दी बहुमुखी क्याम्पस सहआयोजक रहेको प्रतियोगितामा आयोजकको हरियो समूहलाई शून्यका विरुद्ध एक गोल गर्दै सेतो समूह बिजयी भएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

प्रतियोगितामा १० समूहको सहभागिता रहेको स्ववीयू सचिव मञ्जुर कार्कीले बताउनुभयो । रिजोइस टिम अनुशाषित, सिजन भण्डारी उत्कृष्ट खेलाडी, अनुपम श्रेष्ठ सर्वाधिक गोलकर्ता, तारामोहन श्रीपाली उत्कृष्ट डिफेण्डर र बिम्बा क्षेत्री इमर्जीङ खेलाडी घोषित हुनुभयो ।

Shreekrishna

प्रथम र दोस्रो हुनेलाई क्रमश नगद रु. १५ हजार र सात हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी, स्ववीयु सभापति संगम क्षेत्री चोखाल, जिल्ला खेलकुद विकास समितिका सदस्य नगेन्द्र मल्ल, बेनपा ७ का वडा सदस्य सोहन श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...