
पोखरा, । पोखरामा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी पोखरा चौतारीको शनिबार १९ औ स्थापना दिवस मनाइएको छ ।
पोखराको सिर्जनाचोकमा रक्तदान कार्यक्रमको आयोजना गरेर दिवस मनाइएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशम बहादुर जुग्जाली (सुविन)ले पोखरामा बसोबास गर्ने म्याग्देलीहरुको एकता र सहकार्यले सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।



उहाँले पोखरामा बसोबास गर्ने म्याग्देलीहरुको सुःख, दुःखमा आफू सधै साथमा रहेको र आगामी दिनमा पनि रहने बताउनुभयो । बिशिष्ट अतिथि म्याग्दीबाट निर्वाचित अर्का गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी लगायत ३४ जनाले रक्तदान गर्नुभएको संस्थाका कार्यसमिति सदस्य हरि घिमिरेले बताउनुभयो ।
संस्थाका अध्यक्ष डा. मेखबहादुर खत्रीको अध्यक्षता, गोकर्ण बरुवालको संयोजन र भक्त शेरचनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । संस्थाले विगतमा विभिन्न ठाउँमा स्वास्थ्य शिविर, सचेतनामुलक प्रशिक्षण आदी सामाजिक कार्य गर्दै आएको छ ।
