बेनी नगरपालिकाको आन्तरिक आम्दानी रु. चार करोड नाघ्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

लक्ष्यको ८१.५५ प्रतिशत राजस्व संकलन
बेनी, । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा लक्ष्यको ८१ दशमलब ५५ प्रतिशत राजस्व संकलन गरेको छ ।

नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सनुवाईमा रु. पाँच करोड राजस्व संकलन हुने अनुमान गरिएकोमा रु. चार करोड सात लाख ७३ हजार नौ सय ८१ आम्दानी भएको जानकारी गराइएको हो । नगरपालिका र वडा कार्यालयबाट विभिन्न २३ वटा शिर्षकमा उक्त राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

यो आम्दानीमा म्याग्दी उद्योग वाणिज्य संघ मार्फत संकलन हुने व्यवसाय कर जोड्न बाँकी छ । घरजग्गा रजिष्ट्रेशन दस्तुरको रु. ६० लाख ४० हजार चार सय ५९, विज्ञापन कर रु. एक लाख ४६ हजार, तीन सय ८५ र दहत्तर बहत्तरको बिक्रीबाट भएको रु. १९ लाख ६८ हजार नौ सय ७३ बाट नगरपालिकालाई प्राप्त हुने ६० प्रतिशत राजस्व बाँडफाँड हुन बाँकी छ ।

Shreekrishna

अघिल्लो वर्ष दहत्तर बहत्तर शिर्षकबाट रु. ४२ लाख ५३ हजार २२ आम्दानी गरेको बेनी नगरपालिकाले नौ वटा बगरबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् तथा निकासीका लागि ठेक्का आव्हान गरेकोमा चार वटाको मात्र ठेक्का लागेकाले आम्दानी घट्ने देखिन्छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा रु. तीन करोड ५९ लाख ५९ हजार नौ सय ३३ आन्तरिक आम्दानी गरेको नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा रु. चार करोड ३३ लाख पचास हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

अन्य कर शिर्षकमा रु. ७० लाख ५५ हजार दुई सय ४२, घरबाहल कर रु. ६४ लाख २० हजार, पाँच सय ५४, सरसफाई शूल्कबाट रु. ५९ लाख ५४ हजार तीन सय ४०, सिफारिस दस्तुरबाट रु. ४४ लाख ३१ हजार चार सय ९३, भूमिकर रु. २६ लाख ३४ हजार एक सय ८५, सम्पत्ती कर रु. २९ लाख ८१ हजार दुई सय २९, बहाल बिरौटी कर रु. २८ लाख ३८ हजार छ, व्यवसाय कर रु. २८ लाख २९ हजार आठ सय ९९ र जलस्रोत सम्बन्धी अन्य दस्तुर (तातोपानी कुण्ड)बाट रु. १५ लाख ७३ हजार ४१ आम्दानी भएको छ ।

नगरपालिकाको कार्यालयले रु. दुई करोड ७८ लाख ३१ हजार नौ सय २२ राजस्व उठाएको छ । सबैभन्दा बढी वडा नं–८ ले रु. ४३ लाख १९ हजार ३८, कम वडा नम्बर १० ले रु. चार लाख ६१ हजार सात सय ६७ राजस्व संकलन गरेको छ । भूगोल, घरपरिवार, जनसंख्या, सेवाग्राही र सेवाप्रवाहको हिसाबले वडा नं–१० भन्दा ठूलो वडा न.–६ को कार्यालयले जम्मा रु. चार लाख ९० हजार दुई सय चार मात्र राजस्व संकलन गरेको छ । वडा न.–६ को राजस्व संकलन कम हुनुको विषयमा सार्वजनिक सुनुवाईमा प्रश्न समेत उठेको छ ।

वडा न.–१ ले रु. छ लाख ५० हजार, सात सय १७, २ ले रु. नौ लाख ११ हजार दुई सय १६, ३ ले रु. सात लाख ८० हजार पाँच सय ९०, ४ ले रु. १० लाख ४९ हजार तीन सय ३५, ५ ले रु. सात लाख ९३ हजार सात सय ८२, ७ ले रु. २० लाख ७४ हजार छ सय ७२ र ९ ले रु. १४ लाख १० हजार ३८ राजस्व उठाएका छन् । राजस्व संकलनका लागि नगरपालिकाले सफ्टवेयरको प्रयोग गरेको छ ।

नगर प्रमुख सुरत केसीले वडा कार्यालयबाट संकलन हुने राजस्वको २० प्रतिशत बजेट सोही वडाको योजनाका लागि बिनियोजिन गर्ने नीति अबलम्बन गरिएको बताउनुभयो । “राजस्व संकलनमा वडाका जनप्रतिनिधीलाई जिम्मेवार बनाउन यस्तो नीति लिएका हौ,” उहाँले भन्नुभयो “अरु सेकेण्डरी कारणले वडाले कम राजस्व उठाएका हुन की भनेर आन्तरिक लेखा परिक्षण र नगरपालिकाको टोलीले वर्षको दुई पटक अनुगमन गर्ने परिपाटी सुरु गरेका छौ ।”

बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा ८६ दशमलब ७५ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ७५ करोड ५६ लाख ११ हजार बजेट बिनियोजन भएकोमा रु. ६५ करोड ६५ लाख पाँच सय १७ खर्च भएको हो ।

पुँजिगत शिर्षकमा रु. २१ करोड नौ लाख ८५ हजार बिनियोजन भएकोमा ८३ दशमलब ९९ प्रतिशत अथवा रु. १७ करोड १७ लाख १५ हजार खर्च भएको छ । चालु शिर्षकमा रु. ५४ करोड ४६ लाख २६ हजार बिनियोजन भएकोमा रु. ४७ करोड ८३ लाख नौ हजार अथवा ८७ दशमलब ८२ प्रतिशत खर्च भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...