नारच्याङको गाडपारमा सुख्खा पहिरोले घर पुर्दा वृद्धाको मृत्यु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी ः म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ नारच्याङको गाडपारमा बुधबार दिउँसो पहिरोले भर पुर्दा वृद्धाको मृत्यु भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गाडपार गाउँमाथिको भिरबाट खसेको ढुङ्गा माटो सहितको सुख्खा पहिरोले परिएर ७२ वर्षीया सिता फगामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्रै बसीरहेकी फगामीको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयबासीहरुले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए । पहिरोले फगामीको घर समेत भत्किएर पूर्ण रुपमा क्षति भएको छ । सिताका श्रीमान ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाउनुभएको छ । घरभन्दा करिब एक सय मिटर माथि भिरबाट दिउँसो सुख्खा पहिरो खसेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...