बेनीमा तीन सय २९ योजना सम्पन्न

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

तीन किलोमिटर पक्की र २२ किलोमिटर सडक स्तरोन्नति
बेनी, । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ मा तीन सय २९ वटा योजना सम्पन्न गरेको छ ।

नगरपालिकाले बुधबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम सहित पूर्वाधार सम्बन्धी तीन सय ३७ मध्य आठ वटा बाहेकका योजना सम्पन्न भएका जानकारी गराइएको हो ।

पूर्वाधार विकास शिर्षकमा सडक निर्माण, स्तरोन्नति, सामुदायिक, विद्यालय, स्वास्थ्य संस्थाको भवन, सिचाई, खानेपानी, पदमार्ग, ढल ब्यवस्थापन, खेलमैदान, अर्याघाट, यात्रु प्रतिक्षालय, घेराबार, पोखरी निर्माण लगायत १७ किसिमका योजनाहरुका लागि रु. १३ करोड ४१ लाख ९० हजार बिनियोजन भएकोमा ८६ दशमलब ६९ प्रतिशत अथवा रु. ११ करोड ५७ लाख १३ हजार खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

Shreekrishna

२२ किलोमिटर सडक स्तरोन्नति, दुई किलोमिटर सत्र मिटर सडक ढलान, एक किलोमिटर तीन सय ३७ मिटर कालोपत्र, तीन किलोमिटर २० मिटर ग्रावेल, दुई किलोमिटर नौ सय पाँच मिटर नयाँ ट्याक खोलिए, पाँच किलोमिटर नौ सय छ मिटर पदमार्ग निर्माण र एक सय मिटरमा ढुङ्गा छापिएको छ ।

एक हजार तीन सय ११ मिटर नाली, नौ सय तीन मिटर ढल र २० वटा खानेपानीको टंकी निर्माण, चार हजार फलफुलका बिरुवा रोपिएको, दुई वटा पोखरी, दुई वटा विद्यालय भवन, एक वटा स्वास्थ्य संस्था, पाँच वटा यात्रु प्रतिक्षालय, १४ वटा सामुदायिक भवन, १० वटा विद्यालय भवन, छ वटा मठमन्दिर, सात वटा वडा कार्यालय मर्मत, नौ वटा खेलमैदान, एक वटा शवदाह स्थल र १३ वटा विपन्न नागरिकको आवास निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

नगर स्तरीय ३० वटा योजना मध्य १२ वटा ठेक्का मार्फत कार्यान्वयन भएको छ । वडा स्तरीय तीन सय १६ मध्य नगर गौरवको मानिएको लभ्लिहिल साहासिक पिङ, बेनीको शान्ति पार्क सहित सात वटा योजना कार्यान्वयन भएनन् । वडा नं–३, ४, ६, ९ र १० ले सतप्रतिशत योजना कार्यान्वयन गरेका छन् । १ मा तीन, २, ५,७ र ८ नम्बर वडामा एक÷एक वटा योजना कार्यान्वयन नभएका हुन् ।

प्रधानमन्त्री रोजगारका २१ मध्य २० वटा योजना कार्यान्वयन भएका छन् । सुचिकृत नौ सय ९६ जना मध्य ७१ जनालाई न्युनतम एक सय दिनको रोजगारी पाएका छन् । उनिहरुले एक हजार दुई सय मिटर सडकमा ढुङ्गा बिछ्याएर सोलिङ्ग र एक हजार दुई सय ६० मिटर पदमार्ग निर्माण गरेका छन् । वडा नं–५ का २३ जनालाई सडक मर्मत र वडा नं.–९ का १७ जनालाई डकर्मी तालिम दिइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजनाहरुका लागि बिनियोजन भएको रु. ४९ लाख ९३ हजार मध्य रोजगारी सिर्जनातर्फ ९७.१६ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ८९.७९ प्रतिशत खर्च भएको छ ।

नगरपालिकाले ठेक्का मार्फत कार्यान्वयन गरेका बेनी–लभ्लीहिल–ज्यामरुककोट सडक स्तरोन्नति, महारानीथान–छाप–डाडाखेत, बेनी–अर्थुङ्गे–तोरीपानी–पात्लेखेत सडकको पहिलो र दोस्रो प्याकेज, कालिपुल कृषि भवन, रत्नेचौर परम वैदिक सनातन धार्मिक आश्रम, गलेश्वर बजार सौन्दर्यकरण, पशु बधशाला, वडा नं–७ को कोठा थप, कालीगण्डकी स्वच्छता कार्यक्रम मार्फत दोभानमा शवदाह स्थल र बेनी खुल्ला मञ्च खेलमैदान निर्माण सकिएको छ ।

सडक बोर्डको बेनी–पुलाचौर सडक मर्मत र नगरपालिकाको अर्थुङ्गे–पुलाचौर सडक स्तरोन्नति योजनाको ८५÷८५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा ठेक्का सम्झौता भएको रावण पार्क निर्माण योजनाको ९४ प्रतिशत प्रगति भएको छ । निर्माणाधिन तीन वटा योजनाहरुको आगामी असोज महिनासम्म म्याद थप भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

नगर उपप्रमुख ज्योती लामिछानेले पिच र ढलान हुने सम्पूर्ण सडकहरुको कोर कटिङ तथा रु. पाँच लाख भन्दा बढी लागत भएका योजनाहरुको स्थलगत अनुगमन गरिएको बताउनुभयो । रु. पाँच लाख सम्म लागत अनुमान भएका योजना तथा कार्यक्रमको सम्झौता तथा अनुगमनको जिम्मेवारी वडा कार्यालय र वडा स्तरीय अनुगमन समितिलाई दिइएको छ ।

योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन १, २, ३, ४, ५, ९ र १० का उपभोक्ता समितिहरुलाई अभिमुखीकरण गरिएको थियो । कार्ययोजना बनाएर पहिलो चौमासिकमा सर्वेक्षण, दोस्रो चौमासिकमा सम्झौता गरि कार्यान्वयनमा लगिएकाले नगरपालिकाका अधिकांश योजनाहरु असार अघिनै सम्पन्न भएका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...