म्याग्दीका छ वटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीका छ वटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ।

धवलागिरी गाउँपालिका–७ शिवाङस्थित हेम नमुना आवासीय माध्यमिक विद्यालय, मंगला गाउँपालिका–२ बाबियाचौरको मंगला माध्यमिक विद्यालय, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा माध्यमिक विद्यालय र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माध्यमिक विद्यालयमा २१/२१ वटा कम्प्युटर जडान गरी प्रयोगशाला स्थापना गरिएको हो।

यस्तै, रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता माध्यमिक विद्यालयमा ११ र वडा नं. ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा १० वटा कम्प्युटर जडान गरिएको छ।

Shreekrishna

क्वालिटी एजुकेसन नेपाल (अष्ट्रेलिया) र एजुटेक नेपाल (न्युजिल्याण्ड) को आर्थिक सहयोगमा “समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)”ले संयोजन गरेको यस कार्यक्रम अन्तर्गत रु. ४८ लाखको लागतमा प्रयोगशाला स्थापना गरिएको हो।

विद्यालयमा पठनपाठनमा प्रयोग हुने विद्युतीय पाठ्यक्रम र डिजिटल पुस्तकहरू राखिएको कम्प्युटरसहित विद्युत आपूर्तिका लागि वैकल्पिक ब्याट्री र इनर्भर्टर जडान गरिएको लर्न संस्थाका निर्देशक कृष्ण तिलिजाले जानकारी दिनुभयो।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गत वर्ष धवलागिरी गाउँपालिका–४ मुदीको बुद्धिविकास माध्यमिक विद्यालय, रघुगङ्गा–३ मौवाफाँटका ज्ञानोदय मावि र अन्नपूर्ण–४ को प्रभा माध्यमिक विद्यालयमा सर्भर प्रणालीबाट सञ्चालित २०/२० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना गरिएको थियो।

निर्देशक तिलिजाका अनुसार आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरी विद्यालयमा डिजिटल साक्षरताको विकास गर्नु र प्रविधिमार्फत पठनपाठन गराई विद्यार्थीको सिकाइप्रति रुचि तथा उपलब्धि वृद्धि गर्नु मुख्य उद्देश्य हो।

मुक्तिमार्ग मावि घारका प्रधानाध्यापक रामकृष्ण खड्काका अनुसार प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पढाइमा सहजता ल्याउन प्रयोगशालाले उल्लेखनीय भूमिका खेल्नेछ।

कम्प्युटर प्रयोगशालाका लागि आवश्यक फर्निचर, पर्दा, कार्पेट, कक्षाकोठा व्यवस्थापनजस्ता कार्य भने विद्यालयहरूले आफ्नै पहलमा गरेका हुन्।

लर्न संस्थाले म्याग्दीका सामुदायिक विद्यालयका शिक्षकहरूलाई कक्षा कोठामा शैक्षिक सामग्रीको प्रभावकारी प्रयोगबारे क्षमता विकास तालिमसमेत प्रदान गर्दै आएको छ। हालै मालिका गाउँपालिका–२, रुमस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा यस्तो तालिम सञ्चालन गरिएको थियो।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...