औलामा अस्पताल भवन निर्माण

Gandaki Ghumau

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा अस्पतालको भवन निर्माण भएको छ ।

सघन सहरी विकास तथा भवन आयोजना बागलुङले पाँच शैया क्षमताको अस्पताल सञ्चालन गर्न मिल्ने गरि भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि शुरु भएको भवन निर्माण कार्य सम्पन्न भएर हालै हस्तान्तरण भएको वडा अध्यक्ष मइलन पुर्जा पुनले जानकारी दिनुभयो ।

“औलामा रहेको स्वास्थ्य चौकीको भवन पहिरोका कारण चर्कीएर जोखिममा परेपछि नयाँ भवन माग गरिएको थियो,” उहाँले भन्नुभयो “तत्काललाई स्वास्थ्य चौकीको सेवा सञ्चालन गरेर भवन प्रयोगमा ल्याउने तयारी गरेका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

भवनमा पाँच शैया क्षमताको उपचार कक्ष, अन्तरंग र बहिरंग विभाग, प्रशासन, प्रयोगशाला, प्रसुति, औषधी भण्डारण, कर्मचारी तथा स्वास्थ्यकर्मी आवास लगायतका लागि पर्याप्त कोठाहरु छन् । वडा अध्यक्ष पुनका अनुसार तिलक निर्माण सेवाले रु. छ करोडमा भवन निर्माणको ठेक्का लिएको थियो ।

भवन निर्माणका लागि पाँच जनाले पाँच रोपनी जग्गा उपलब्ध गराएका थिए । हर्कबहादुर गर्बुजाले दुई रोपनी १२ आना, हर्कराज पुर्जाले १४ आना, सिरप्रसाद पुर्जा पुनले १५ आना, शेरबहादुर पुर्जा र प्रेमशोभा पुर्जाले एक रोपनी जग्गा उपलब्ध गराउनुभएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र उपकरण जुटाएर अस्पताल सञ्चालन गरेमा अन्नपूर्ण गाउँपालिका–७ र ८ का बासिन्दालाई स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउन सकिने हिस्तान स्वास्थ्य चौकीका प्रमुख कृष्ण शर्माले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...